राष्ट्रिय बाणिज्य बैकको ५९ औ बार्षिक उत्सव बाणिज्य बैकले जनताको बिश्वास र भरोसा जितेको छ ः मेयर पौडेल

169

कपिलवस्तु १० माघ
राष्ट्रिय बाणिज्य बैक लिमिटेडको ५९ औ बार्षिक उत्सव तौलिहवामा पनि मनाइएको छ । बैकको तौलिहवा शाखामा कपिलवस्तु नगरपालिकका मेयर सुदीप पौडलले पानसमा दिप प्रज्जवलित पछि केक काटेर उत्सव मनाइएको थियो । सो अवसरमा मेयर पौडेलले लामो ईतिहास बोकेको राष्ट्रिय बाणिज्य बैकले कपिलवस्तुबासीको बिश्वास र भरोसा जितेको बताए । अझै पनि बैंक भने पछि जनताको बुझाई बाणिज्य बैक नै रहेको उनले बताए । उनले बिश्वासालाई बैकले कायम राख्नु पर्ने उनले बताए । उनले बैकमा अझै सुधार गरी जनतालाई प्रभावकारी सेवा र सुबिधा उपलब्ध गराउनु पर्ने उनले बताए । सो अवसरमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष माहोम्द जाहिद खाँले बाणिज्य बैकले धेरै राम्रो काम गरेको र प्रशासन कार्यालय भित्र ए्क्सटेन्सन सेवा बिस्तार गरे पछि जनतालाइै धेरै सुबिधा मिलेको बताए । उनले बैकले सडकमा रहेको मेडियनमा बृक्षारोपण गर्न ध्यानकषर्ण गराए । सो अवसरमा बैकमा ब्यवस्थापक अर्जुनराज काफ्लले आफनो शाखामा १० जना सिमित कर्मचारीहरुले सेवा दिनु परेकोले केही भए पनि अफ्ठेरो भएको बताए । बाणिज्य बैक सरकारी स्वामित्वको रहेकोले यो बैकमा अन्य बैकको तुलनामा कम ब्याजमा रिन पाईने र कृषि क्षेत्रलाई समेत प्राथमिकता दिएको बताए । उनले सिमिति साधन श्रोतबाट समेत बैकले सेवा दिदै आएको र यो बैक अघि बढन सबैले साथ दिएको बताए ।

कार्यक्रममा बैकबाट सेवानिबृत्त भएका संजय दवाडीलाई बिदाई सहीत सम्मानित गरिएको थियो । यस्तै पुर्व कर्मचारी स्वतन्त्र श्रीवास्तव, ब्यवासायी खेम पाठक, रबिन्द्र त्रिपाठी, पत्रकार किरणमान बज्राचार्य, राहत हुसेन ईटा महदी हसन फर्मलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा बैकका सहायक मेनेजर रोशन बिकले बाणिज्य बैकको ईतिहास, प्रदान गर्ने सेवा सुबिधाका बिषयमा जानकारी गराएका थिए । प्रबन्धक काफ्लेको अध्यक्षता, बरिष्ठ सहायक शीला पचमैयाको संचालनमा भएको कार्यक्रममा पुर्व कर्मचारी स्वतन्त्र श्रीवास्तव, संजय दवाडी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.