बजार अनुगमन दर्ता बिनाको मिठाइ पसललाई जरिवाना,म्याद गुज्रेका सामानहरु जफत

194

कपिलवस्तु १० माघ
कपिलवस्तुको तौलिहवामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको आयोजनामा तौलिहवा बजारका मिस्ठान भण्डार, होटलमा संयुत्तल अनुगमन गरिएको हो । सहायक प्रजिअ भबिश्वर घिमिरेको अगुवाइएमा गरिएको अनुगमनकाक्रममा भुमी सुधार तथा मालपोत कार्यालय अघि बिना दर्ता संचालन रहेको सुनील कहारको मिस्ठान्न पसललाई ५ हजार जरिवाना गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम गौतमले सुनिल काहारको पसल बिना दर्ताको संचालन रहेको पाइएकाले पहिलो पटककालागि ५ हजार जरिवाना गरिएको बताए । कहारलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन समेत दिइएको छ । अधिकांस मिस्ठान्न भण्डारमा प्रयोग गरिएको तेल समेत जाच गर्दा खान याग्य नभेटिएको गौतमले बताए ।

बिभिन्न मिस्ठान्न भण्डारका खाद्यय गुण नियन्त्रण कार्यालयका प्राबिधिकहरुले खाने तेलको जाच गरेका थिए । ५ लिटर बढी खान अयोग्य भेटिएको तेल समेत नष्ट गरिएको छ । म्याद गुज्रेका पेय पदार्थ लगायतका ५ हजार बढी मुल्यका सामाग्रीहरु समेत जफत गरी नष्ट गरिएको प्रशासन कार्यालयका नासु बावुराम पोख्रेलले बताए । प्रशासन र मालपोत कार्यालयको वरपर रहेका ९ होटल तथा मिस्ठान्न भण्डार, २ केराना र एक फोटो कपी पसल गरी १३ पसलको अनुमगन गरिएको थियो । निर्देशनालयका अधिकृत महेन्द्र प्रकाश भुसालले पसलहरुलाई सचेत गराउन यस पटकको अनुमगन गरिएको बताए । उनले पहिलो पटकलाई पसलेहरुलाई कमी कमजोरी सच्चाउन आग्रह गरिएको उनले बताए । सहायक प्रजिअ घिमिरेले मालपोत कार्यालय अघि संचालनमा रहेको मिस्ठान्न भण्डार बाटो क्षेत्रमा रहेकोले हटाउन समेत निर्देशन दिएको बताए । उनले बजार अनुमगनलाई तीब्रता दिने बताए । अनुगमनमा खाद्य गुण नियन्त्रण कार्यालकया प्रमुख रमेश दाहाल, सुरक्षाकर्मी निर्देशनालयका कर्मचारीहरुको टोली समेत थिए ।

b 4
Leave A Reply

Your email address will not be published.