४ जना अपांगलाई ट्राईसाईकल

113

कपिलवस्तुको यशोधरा गाउपालिकाका ३ अपांगलाई ट्राईसाईकल प्रदान गरिएको छ । दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा संचालित रिहाब अम्बस्टर डेनिस परियोजना द्धारा उनीहरुलाइृ सो साईकल प्रदान गरिएको हो । यशोधरा गाउपालिका २ का नन्दलाल कुर्मी , वडा नम्बर ६ का राधेश्याम बढई, र वडा नम्बर ४ का पशुपति कहारलाई ट्राई साईकल हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष सुरजमती पासी, सचिव रिखिराम निगम, कोषाध्यक्ष नीलम पासीले उनीहरुलाई ट्राईसाइकल हस्तान्तरण गरेका थिए । १८ वर्ष माथिका शारीरिक अपांगता भएको व्यक्तिहरुलाई संरचनाहरुमा आवातजावत गर्न सहजताकालागि ट्राई साईकल उपलब्ध गराइएको परियोजना संयोजक जीतनारायण यादवले बताए । जीवन यापन सहज बनाउने यसले मद्दत मिल्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.