कपिलवस्तु शीत लहरसंगै जाडो बढदै गए पछि कपिलवस्तुको यशोधरा गाउपालिकाका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल बाडिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका ८ वडाका अति बिपन्नको नामावली छनौट गरी कम्मल बाडिएको हो । ईस्लामिक रिलिफ नेपालको सहयोग र लिडो नेपालको समन्वयमा यशोधरा गाउपालिका वडा नम्बर ४ अम्लोनाहामा मंगलवार कम्मल बाडिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बिपन्नलाई कम्मल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले जडो बढे पछि समस्यामा परको अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले कम्मल बाडिएको बताए । उनले अहिलको लागि सिमित ब्यक्तिहरुकोलागि मात्र कम्मल बाडिएको र आफुले थप कम्मलकालागि पहल गर्ने बताए । मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने कपिललस्तु, महराजगंज र बुद्धभुमी नगरपालिकामा समेत बिपन्नलाई कम्मल बाडिने कार्यक्रम छ । समाज कल्याण परिषदका निर्देशक तथा योजना प्रमुख रामराज भट्टराईले जाडो बढे पछि बिपन्नलाई न्यानो सिरक र कम्मल बितरणकालागि दाताहरुको खोजी गरी कार्यक्रम अघि बढाइएको बताए । उनले न्यानो कपडा बितरणका लागि दाताहरुको खोजी गर्ने कार्य जारी रहेको बताए । सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पुर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पलहमा गरिएको यो रचनात्मक कामले जडोयाममा केही बिपन्नहरुले राहत पाएको बताए । उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए । चिसो अत्यधिक बढेका बेला न्यानो कम्मल पाए पछि बिपन्नहरु खुशी बनेका छन । उनीहरुले सरकारले सबै बिपन्नलाई जाडोयाममा राहत मिल्ने किसिमको सेवा सुबिधा दिनु पर्ने माग गरे । लिडो संस्थाका अध्यक्ष कमालको अध्यक्षता, मणि प्रसाद गैरेको संचालनमा भएको कार्यक्रममा यशोधरा गाउपालिकाका पुर्व प्रुमख गिरीजेश कुमार पाण्डेय लगायतले मन्तब्य दिएका थिए । पालिका भित्र रहेको ८ वटा वडामा रहेका अति बिपन्न, असहायका सुची संकलन गरी ४ सय ८० जनालाई कम्मल बाडिएको लिडो संस्थाकी ब्यस्थापक सुनिता बेल्बासेले बताईन ।