सामुदायिक बिद्युत बितरक संस्थामा पुनः खाँ

102

कपिलवस्तु २८ पुस
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित सामुदायिक बिद्युत बितरक संस्थाको १५ साधारण सभाबाट पुनः समाजसेवी अब्दुल रदिस खा अध्यक्षमा निर्बिरोध निर्बाचत भएका छन । खाँको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्बिरोध निर्बाचित भएको हो । समितिको उपाध्यक्षमा गोबिन्द प्रसाद पौडेल, सचिवमा शिवपुजन यादव, सह सचिवमा गोपाल सापकोटा, कोषाध्यक्षमा देबी भन्डारी रहेका छन । सदस्यहरुमा हेमलाल शर्मा, नश्रुल्लाह धुनिया, दिप नारायण भुसाल, राजेन्द्र प्रसाद धरिकार, उमेश चौहान, मुन्नीलाल मुराउ, भानमति पासी र नगेन्द्र यादव रहेका छन । यस्तै सल्लाहकारमा बरिष्ठ समाजसेबी ललित गुरुङ सहीत ८ जना छन । सभाको उदघाटन गर्दै पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सदस्य बिष्णु पन्थीले नेपाल मै सामुदायले बिद्युतको सेवा दिएको यो पहिलो संस्था हुनु आफैमा गर्वको कुरा रहेको बताए । उनले समुदायले चलाएको संस्था प्रभावकारी हुने यसले गरेको कामले समेत पुष्टी हुने बताए । उनले विकासमा राजनीत गर्न नहुने भन्दै उनले विकासमा सबैका साथ आवश्यक रहेको बताए । उनले जगदीशपुर ताल देशकै उत्कृष्ठ गन्तब्य स्थल भएका भन्दै यसका वरिपरी रहेको सबै पर्यटकीय स्थलको एकीकृतरुपमा विकास गर्नु पर्ने बताए । सो अवसरमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख गौरव पाण्डेयले यो सामुुदायिक संस्थाले समुदायमा राम्रो काम गरको बताए । उनले प्राधिकरणले समेत ग्राहकलाई प्रभावकारी सेवा दिन प्रयत्नशील रहेको बताए । उनले ग्राकहलाई बक्यौता रकम समय मै तिर्न समेत आग्रह गरे । कार्यक्रममा गत आबको ८३ लाख २२ हजार ३५७ रुपैयाको आय ब्यय प्रस्तुत गरिएको थियो । २०६० सालमा स्थापना भई २०६२ साल देखि सेवा शुभारम्भ गरको संस्थामा नगरपालिको वडा नम्बर ९, १०, ११ र ६ का १ हजार ६८ जना उपभोक्ता रहेका छन । नेपाल बिद्युत प्राधिकरणबाट बिद्युत किनेर समुदायलाई संस्थाले बेच्ने गरेको छ । प्राधिकरणसंग प्रति युनिय ६ रुपैया २५ पैसाका खरिद गरी उपभोग अनुसार १३ रुपैया प्रति युनिट सम्म बिक्री गर्ने गरेको छ । २० युनिट सम्म खपत गर्ने ग्राहकलाई भने ३० रुपैया मात्र लिने गरेको छ । संस्थाका अध्यक्ष खाँको अध्यक्षता सचिव शिवपुजन यादवको संचालनमा भएको कार्यक्रममा समाजसेवी ललित गुरुङ, कपिलवस्तु नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, देबेन्द्र पोख्रेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.