नकाबधारीद्धारा बन्दुक देखाएर ७ लाख बढीको नगद र सुनचादी लुटपाट

96

कपिलवस्तु २७ पुस
यशोधरा गाउपालिकाको बैदौली नजिकै मोटरसाईलमा आएका नकाबधारीहरुले सुनचादी ब्यवसायी शिवमंगल बर्मालाई बन्दुक देखाएर ७ लाख बढीको नगद र सुनचादी लुटपाट गरेका छन । बिहीवार साझ साढे ५ बजेतिर यशोधरा गाउँपालिका ५ बुढापारकाका बर्माकोसाथ बाट ३७ हजार नेपाली रुपैया, तीन हजार भारु, सुन र चाँदी गरेर ७ लाख बढि मूल्य बराबरको गरगहना लुटेर फरार भएका हुन । मास्क र कपडाले मुख छोपेर आएका ६÷७ जनाको नकावधारी समूहले बन्दुक तेर्साई लुटपाट गरको पीडीत बर्माले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स संचालन गर्दै आएका बर्मा पसल बन्द गरि घरतर्फ जाँदै थिए । बैदोली र बुढापारको बीचमा पर्ने आँपको बगैचा नजिक लुटपाट भएको हो । घटना बारे जानकारी आए लगत्तै जिल्लाभर प्रहरी टोली खटाइएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । घटनाको अनुसंधान र लुटेराहरुको खोजी भईरहेको उनले बताए ।

b 4
Leave A Reply

Your email address will not be published.