राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ बिमोचन

101

कपिलवस्तु २७ पुस
३ सय २ औ पृथ्बी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्बती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको बिमोचन गरिएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा आयोजित उपन्यास बिमोचन समारोहमा लेखक पार्वती शर्मा “निशा”को पहिलो उपन्यास ‘अर्चना’ बिमोचन गरिएको हो । निशाको यो चौथो कृति हो । लुम्बिनी प्रदेशकी पुर्व सदस्य माला गोतामे कपिलवस्तु नगरपालिककी उप मेयर सुनिता गुप्ता साहित्यकार हसास लगायतले संयुक्तरुपमा सो कृति बिमोचन गरिएको हो । नेपालको समसामयिक सामाजिक सन्दर्भ र नेपाली सामाजिक जिवनशैलीले बिकसित गरेका बिकृति बिसङ्गतिपूर्ण अवस्थाले भोग्नु परेको मार्मिक कथाबस्तु उपन्यासमा समेटिएका छन । हरिराज शर्मा (हरास)द्वारा प्रकाशित सो उपन्यासमा देश, काल, परिस्थितीका कारण निम्त्याएको यर्थाथताको धरातल रहेकोे कुरा चर्चा गरिएको थियो । साहित्यको क्षेत्रमा खडेरी परेका बेला अहिले भेन बिस्तारैजिल्लामा कृतिहरुको निस्कन थालेको लुम्बिनी प्रदेश पुर्व सदस्य गोतामेले बताईन । नारी सिर्जनशील साहित्य समाजद्धारा आयोजित उपन्यास बिमोचन कार्यक्रममा पूर्वप्रदेश सांसद माला गोतामे, पहिलो महिला ज्योतिष प्रिती आत्रेय ज्ञवाली, कपिलवस्तु नगरपालिकाका उपप्रमुख सुनिता गुप्ता, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, लुम्बिनी बाङ्मय प्रतिष्ठानका राघवेन्द्र श्रीवास्तव, नव कपिलवस्तु साहित्यीक समाजका पशुपति मणि त्रिपाठी, अवधी सांस्कृतिक समाजका युवराज गुप्ता (बैरागी कबि), बालसाहित्यकार जोशिका कँडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत पत्रकार तथा सञ्चारकर्मिहरुको सहभागीता रहेको थियो । बरिष्ठ साहित्यकार हरिराज शर्मा (हराश)को स्वागत मन्तब्य, नारी सिर्जनशील साहित्य समाजका अध्यक्ष शकुन्तला पौडेलको अध्यक्षता रहेको कार्यक्रम गीता खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.