सगरमाथा महिला बचत तथा ऋण सहकारीको २६ औ साधारण सभा

91

कपिलवस्तु २६ पुस
कपिलवस्तुको तौलिहवामा सगरमाथा महिला विकास बचत तथा ऋण सहकारीको २६ औ साधारण सभा संपन्न गरिएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगरका महिलाहरुलाई एकीकृत गरी सहकारी मार्फत आर्थिक अवस्थाको सुधारकालागि काम गर्नु निकै सकारात्मक रहेको बताए । उनले महिला कै अगुवाईमा स्थापना भएको यो सहकारी २६ बर्षको अवधि सम्म निरन्तर सहीढंगले अघि बढेको बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन आफनो पालिकाले यही आर्थिक बर्ष बिभिन्न तालिककालागि बजेट बिनियोजन गरेको बताए । उनले सहकारीमार्फत महिलाहरुको आर्थिक अवस्था सधार गर्नु पर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले नगर भित्र रहेको यो सहकारीले सराहनीय काम गरेको बताए । उनले सहकारी कै माध्यमबाट महिलाहरुहरुको आर्थिक विकास हुनु पर्ने बताए । उनले सहकारीहरु समेत पारदर्शीहरुपमा अघि बढनु पर्ने सुझाव दिए । सहकारीकी प्रबन्धक लक्ष्मी पराजुलीले सहकारीमा १ हजार १५ शेयर सदस्य रहेको र १ करोड ९१ लाख २५ हजार ६३८ रुपैया बचत संकलन गरेको बिवरण प्रस्तुत गरिन । सस्थाले २ करोड २१ लाख ६१ हजार ६२८ रुपैया ऋण लगानी गरको र खर्च कटाएर ४७ हजार नाफा कमाएको छ । २६ वटा समिति र २ सय १७ वटा समुह रहेको सहकारीको लाभांश भने प्रति शेयर २२ रुपैया रहेको छ । सहकरीकी अध्यक्ष सुषमा शर्माको अध्यक्षता पुष्पा रेग्मीको संचालनमा रहेको कार्यक्रममा सल्लाहकार सुरेन्द्र लम्साल लगायतले मन्तब्य दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.