कपिलवस्तु २६ पुस
शीतलहरसंगै जाडो बढे पछि कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले वडा भित्र रहेका ७३ बर्ष माथीका १ सय ५१ ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच संगै कम्बल बाडेको छ । वडा कार्यालयमा मेयर सुदीप पौडेल, वडाध्यक्ष मोहोम्द जाहिद खाँ, वडा सदस्य बिष्णु बारी, वडा सचिव सुभाष गौतम लगायतको टोलीले कम्बल हस्तारण गरेका थिए । कम्मल बाडनु अघि स्वास्थ्यकर्मीको टोलीले ब्लड प्रेसर लगायतको स्वास्थय जाच समेत गरिएको थियो । सो अवसरमा मेयर सुदीप पौडेलले आफनो नगरपालिकाले ज्येष्ठ नागरिक सदैव सम्मान दिने गरेको बताए । उनले ज्येष्ठ नागरिकको समस्या र सवालमा नगरपालिका संबेदनशीलताकासाथ अघि बढेको बताए । उनले जडोकालागि नगर क्षेत्र भित्रका चोक चौराहामा एक दुई दिन भित्रै दाउरा बितरण गरिने बताए । ज्युदो ईतिहास र आफुहरुको अभिभावकारुपमा रहेका ज्येष्ठ नागकिरलाई प्राथमिकतामा राखेको वडाध्यक्ष खाँले बताए । जाडोमा कम्मल पाएपछि ज्येष्ठ नागकिर हर्षित बनेका छन । यस अघि कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० ले पनि ३ दिन अघि २ सय १९ जना जेष्ठ नागरिकलाई सिरक बाडेको थियो ।
Prev Post