कपिलवस्तुको तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारीको १५ साधारण सभा तथा पाचौ अधिबेशनबाट अध्यक्षमा पुनः तेश्रो कार्यकालकालागि युवा नेता प्रकाश घिमिरे निर्बिरोध निर्बाचित भएका छन । घिमिरेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए । समितिको उपाध्यक्षमा अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा मुकेश कुमार श्रीवास्तव रहेका छन । यस्तै सदस्यहरुमा निशा श्रीवास्तव, सिता गिरी, सुरेश गुप्ता, बृजेश भटरा, सन्तोष मल्लाह, गणेश श्रीवास्तव अनिल क्षेत्री रहेका छन ।

यस्तै ऋण समितिको संयोजकमा सहीद मुसलमान र लेखा समितिको संयोजकमा अनिरुद्ध तिवारी रहेका छन । तेश्रो कार्यकालकालागि निर्वाचित घिमिरेले आफुले सहकारीको संस्थागत र भौतिक विकासमा सक्दो कोशिश गर्ने बताए ।
उता सभाको उदघाटन गर्ने कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले सहकारी विकासकालागि पालिका समन्वय गर्न तयार रहेको बताए । सो अवसरमा उनले तौलिहवामा रहेको समस्याग्रस्त सहकारी कपिलवस्तुु ऋण तथा सहकारीले बिस्तारै गति लिएको समते बताए । उनले सहकारीहरुले सहीढंगले काम गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा संस्थाको आयब्ययको प्रगति प्रतिबेदन ऋण समिति संयोजक मुकेश श्रीवास्तवले पेश गरको थिए । कार्यक्रममा अहमदाबादमा संपन्न खेलमा बिश्व बिजेता बनेका कपिलवस्तुका जीवन गिरी र ब्याडमिन्टमा राष्ट्रिय स्तर खेलमा दोश्रो भएका अभय महरालाई समेत सम्मानित प्रशंसा पत्र र दोसल्लाले सम्मानित गरिएको थियो ।

सो अवसरमा असल बचतकर्ता चन्दन गुप्ता, बिजय लक्ष्मी गुप्ता, सुरज प्रताप गुप्ता, पिंकी पटवा, तथा कार्यं सम्पादन मुल्यांकनमा राम्रो गरेका कष्ण मोहन शुक्ला, निशा श्रविास्तव, मुकेश कुमार श्रविास्तलाई समेत सम्मानित गरिएको थियो । गत बर्ष ५ रुपैया शेयर लभांस रहेको सहकारीमा यस बर्ष भने १० रुपैया पुगेको प्रबन्ध शिवम श्रेष्ठले बताए । कुल २५ सय १८ जना सहस्य रहेको सहकारीमा गत आबमा ३४ लाख बढी नाफा भएको प्रतिबेदनमा छ ।
सहकारीको अध्यक्ष घिमिरेको अध्यक्षता र सचिव कृष्णमोहन शुक्लाको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, कपिलवस्त बचत तथा ऋण सहकारीका अध्यक्ष राजु प्रसाद अर्याल अनिल क्षेत्री लगायतले शुभकामना मन्तब्य दिएका थिए