कपिलवस्तु – ३०२ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस अवसरमा कपिलवस्तुको तौलिहवा स्थित नगरपालिकाको हलमा नगरस्तरीय वडा बाल समूह सञ्जालहरू बिच कविता प्रतियोगीता कार्यक्रम सम्पन्न गरिएको छ । सिर्जनशील नारी साहित्य समाज कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिका को आर्थिक सहयोगमा प्रतियोगी संपन्न गरिएको हो । प्रतियोगीतामा तौलेश्वर बाल समुहकी सुहानी कसौधन प्रमथ, बुद्धभुमी बाल समुहकी माधुरी धरिकार दोश्रो र बालमैत्री समुहकी ममता थारु तेश्रो तथा सिद्धार्थ बाल समुहकी पुर्णिमा यादव सान्त्वना भए ।

कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले बिजयी भएका प्रतियोगीहरुलाई पुरस्कृत गरेका थिए । सो अवसरमा बाईसे चौबिसे राज्यलाई एकीकरण गरी नया नेपाल निर्माण गरेको पृथ्बी नारायण शाहको जीवनलाई प्रतियोगीहरुले राम्ररी चर्चा गरेको बताए । कार्यक्रममा साहित्यकारहरुले आ आफनो कबिता मुक्तक गजल गीतहरु प्रस्तुत गरेका थिए । समाजकी अध्यक्ष सकुन्तला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पशुपतिमणि त्रिपाठी लगायतले गीता त्रिपाठी मन्तब्य दिएका थिए ।