कपिलवस्तु
जिल्ला समन्वय समिती कपिलवस्तुको तौलिहवा स्थित आफनै सभा हलामा छैठौ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले पानमा दिप बालेर सभाको उदघाटन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले समग्र जिल्लाको बिकासको लागि सबै पालिका लाग्नु पर्ने बताए । कर्णाली प्रदेश भन्दा पनि बाल विवाह र बिभिन्न हिंसामा अगाडी भएको भन्दै उनले त्यसको न्युनीकरणकालागि साझा प्रयास आवश्यक रहेको बताए । उनेल बाल बिवाह र लैगिंक हिन्सा अन्त्यकालागि रणनीति कार्ययोजना बनाउनु पर्ने बताए । उनले लैंगिक हिंसा पिडित असहाय, असक्त तथा अनाथका लागि संचालित आश्रय गृहको सहयोगलाई सहयो गर्न पालिकाहरुलाई आग्ह गरे । युवा नीती , जिल्ला स्तरिय बिभिन्न खेलकुदहरु , स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जिल्लामा लागू भएको बहुउद्देश्यीय पोषण कार्यक्रम प्रभावकारी बनाउने योजना उनले प्रस्तुत गरेका थिए । यस्तै जिल्लाको साझा रुपमा रहेको छाडाचौपाया स्थायीरुपले दिगो व्यवस्थापन बालमैत्री जिल्ला घोषणा , लैगिंक हिंसा अन्त्य र युवा बिकास सम्बन्धि नीती तथा कार्यक्रम संचालन गर्ने बताए ।

वातावरण मैत्री जिल्ला बनाउन प्लाष्टिकलाई निरुत्साहित गर्ने , पूर्ण सरसफाई मुक्त जिल्ला बनाउन पहलकदमी गर्नु पर्ने बताए । सेवा प्रवाहमा एक रुपता ल्याउन स्थानियतहका प्रमुखहरुसंग नियमित बैठक गर्ने लगाएतका १७ बुँदे नितीहरु प्रस्तुत गरिएको थियो । यसैगरी सभामा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले जिल्ला समन्वय समिती कपिलवस्तुको गत बर्षको आयव्यय र यस आर्थिक वर्ष ०८०÷०८१ को अनुमानित बजेट , अनुमानित आम्दानी विवरण र अनुमानित आम्दानी तथा खर्च विवरण तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।जिल्ला समन्वय समितीका पूर्व प्रमुख नारायण प्रसाद खनालले जनताले के पायो भन्ने बिषयमा प्रष्ट बोल्न नसक्नु दुखको कुरा भएको बताए । छाडाचौपाया व्यवस्थापन गर्न तीन तीन वटा पालिकाहरु मिलेर सक्रिय रुपमा लाग्न उनले आग्रह गरे । कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सभामा प्रस्तुत भएका नीती तथा कार्यक्रमहरु जिल्लाको बिभिन्न समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजना सहि रहेको बताए । जिल्लामा समस्याको रुपमा रहेको छाडाचौपाया व्यवस्थापनका लागि बनहरुसंग समन्वय भैरहेको बताउँदै छाडाचौपाया व्यवस्थापनकालागि मन्त्रालय , डिभिजन बन कार्यालय लगाएतका कार्यालयहरुमा ज्ञापन पत्र बुझाई सकिएको बताए । बाणगंगा नगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्न बिभिन्न योजना बनाएर नगरका बिभिन्न स्थानहरुमा कान्जी हाउस निर्माण गरी छाडारुपमा देखिएका चौपायालाई व्यवस्थापन गरिरहेको मेयर चक्रपाणी अर्यालले बताए । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा भएको कार्यक्रमा समन्वयका उप प्रमुख रमेश कुर्मी लगायतको बिभिन्न सुझावहरु दिएका थिए । जिल्लाका दश स्थानियतहका मेयर, उप मेयरहरुको सहभागितामा सभा सम्पन्न गरिएको हो ।