बुद्धभुमी नगरपालिका हरिहरपुरमा बित्तिय साक्षरता कक्षा सुरु

116

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ८ हरिहरपुरमा सुरक्षित आप्रवासन ( सामी ) कार्यक्रम सम्बन्धी बित्तिय साक्षरता कक्षा सुरु गरिएको छ । बिदेशमा जानेहरुलाई सचेत र साक्षरता प्रदान गर्ने उद्देश्यले त्यहा साक्षरता कक्षा संचालन गरिएको हो । नगरपालिकाले आफनै लगानीमा सो कक्षा संचालन गरेको हो । कक्षा संचालनको उदघाटन गर्दै प्रमुख प्रशाकीय अधिकृत धुव्र प्रसाद नेपालले बिदेश जाने नागरिकहरुलाई लक्षित गरी कक्षा संचालन गरिएको बताए । उनले बिदेश जादाको प्रकृया, लाग्ने खर्च, मेनपावर कम्पनी, बिदेशमा काम गर्ने कम्पनी, तलब लगायतका कुरा समेत परिवारलाई समेत जानकारी हुुन पर्ने बताए । उनले बिदेशमा जादा धेरै कुराको जानकारी र बिचार गर्नु पर्ने बताए ।

सो अवसरमा सामी कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक सिद्ध शिवाकोटी क्षेत्रीले रोगजारीकालागि बिदेश जाने नागरिकलाई त्यसको सम्पुर्ण प्रकृयाहरु बारे जानकारी हुने पर्ने बताए । उनले यो साक्षरता कक्षाले नागरिकहरुलाई धेरै कुराको जानकारी हुने बताए । बित्तिय साक्षरतको कक्षा हप्ताको एक दिन २ घन्टाका दरले २१ वटा पाठ संचालन हुने सामी कार्यक्रमका नगर संयोजक रबिन चौधरीले बताए । उनले २१ पाठहरुमा परिवार ब्यवस्थापन, बिपे्रष्ण, बचत ऋण, बजेट, बैदेशिक रोजगारी र घरेलु हिंसा लगायतका बिषयहरु छन । नगरपालिकाले हरिहरपुरसंगै अन्य ३ स्थानमा समेत यो कक्षा संचालन गरको छ । वडा नम्बर १ को बिरपुर, वडा नम्बर ४ को बुढ्ढीमा कक्षा संचालन हुदै आएको छ । कार्यक्रम कार्यवाहक वडाध्यक्ष रामेश्वर प्रसाद थारुको अध्यक्षतामा भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.