कपिलवस्तु १५ पुस
सशस्त्र प्रहरी वल, नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको १७ औ स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीमा रहेको गणमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । २०६४ साल १५ पुसमा स्थापना भएको गणको १७ औ स्थापना दिवसको केट काटेर सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बिहीनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले उदघाटन गर्दै हालको बदलिदो परिबेशमा सशस्त्र प्हरीले आफनो जिम्मेवारी बहन गर्दै आएको बताए । उनले सशस्त्र प्रहरी सिमा सुरक्षा, आम नागरिको सुरक्षा र परिचालित हुदै आएको बताए । उनले सशस्त्र प्रहरीले छाटो समय मै राज्यको सुरक्षा संयन्त्रमा बिशिष्ठ परिचय स्थापित गरेको बताए । यो संगठनको विकास र बिस्तारमा सबैले सहयोग गर्नु पर्ने उनले बताए ।
सो अवसरमा नम्बर २८ गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन कुमार केसीले ९३ किलो मिटरको सिमा क्षेत्रमा न्युन जनशक्तिको बावजुत सक्दो सिमा सुरक्षा अपराध नियन्त्रण लागतयका कार्य गर्दै आएको बताए । सो अवसरमा प्रजिअ बिश्व प्रकाश अर्यालले सशस्त्र प्रहरीले सिमा सुरक्षा र अपराध नियन्त्रणमा उल्लेखनीय भुमिका खेलेकोे बताए । सो अवसरमा राम्रो काम गरेको भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक दामोदर ढकाललाई नगद सहीत प्रशंंसा पत्रले सम्मानित गरिएको थियो । दिवसका अवसरमा गरिएको भलिबल, ब्याडमिन्टन, ५ माईल दौड, हाजिरी जवाफ अन्तरमाबि बक्तृत्वकला प्रतियोगीतामा बिजयी भएका खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थिाय । दिवस कै अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत समेत संकलन भएको थियो । दिवस कै अवसरमा मठ मन्दिर र जगदीशपुर तालमा सरफाई, बिपद जोखिम र लागु औाषध संबन्धी जन चेतना कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक दुर्गा कडायतको संचालनमा भएको थियो । कार्यक्रमा पालिका प्रमुख, सुरक्षा निकायमा प्रमुख, कार्यालय प्रमुख, संचारकर्मी ब्यापारी, ललागतयको सहभागतिा थियो ।