प्रधानमन्त्री कप क्रिकेट कपिलवस्तुले टीम रुपन्देहीलाई ६१ रनले हराउदै शानदार जीत

91

कपिलवस्तु
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताकालागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देहीमाथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त दाबेदारी प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ बिकेट गुमाउदै १ सय ६१ रन बनायो । प्रतिउत्तरमा उत्रेको रुपन्देही टिम ३० दशमलव १ बलमा सय रन बनाउदै अल आउट भयो । कपिलवस्तुका तर्फबाट मोहोम्द हुनेल ६८ र गोबिन्द थारुले नट आउट ३२ रन बनाए । रुपन्देहीलाई सय रन मै समेटनकालागि कपिलवस्तुका महोम्द हुसनेले ४ विकेट लिए । यस्तै कपिलवस्तुका समसुल जमा खा र राज अग्रहरीले दुई दुई बिकेट लिए । रुपन्देहीका बिष्णु कटरियाले २८ र म्रिनल गुरुङले २५ रन बनाए । रुपन्देहीका बिष्णु कटरिया र संतोष यादवले दुई दुइृकिवेट लिए । कपिलवस्तुका माहोम्द हुसेन मैन अफ द म्याच घोषत भए । बलियो टिम रुपन्देहीलाई जितेसंगै कपिलवस्तुका खेलार्ड उत्साही भएका छन । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश गैरले अब कपिलवस्तुका फाईनलमा पुग्ने र जित्ने बताए । उनले यो लयलाई कायम राख्न आग्रह गरे । भैरहवाको सिद्धार्थ रंगशालामा खेल भएको थियो । समुह ए मा कपिलवस्तु रुपन्देही, पाल्पा नवलपरासी छन । यस्तै समुह बी मा बाके बर्दिया र दाङ छन । आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा बिरुद्ध खेल्ने जिल्ला क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए । छनौट प्रतियोगीता खेल पुस २२ सम्म चल्ने छ । कपिलवस्तुका टिम क्याप्टेन राज अग्रहरीले आफुहरुले आउने खेलमा अझ राम्रो प्रर्दशन गर्ने बताए ।

b 4
Leave A Reply

Your email address will not be published.