ज्येष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना

103

कपिलवस्तु नगरपालिका वडा नम्बर २ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना गरिएको छ । मुर्तिको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पुर्व प्रदेश राज्य मन्त्री रिना नेपाल प्रजिअ बिश्व प्रकाश अर्यालले पर्दा उघारेर मुर्तिको अनावरण गरेका हुन ।म्र्ति अनावरणकाक्रममा भिक्षुले बुद्ध परम्परा अनुसार प्रार्थना समेत गरेका थिए । ज्ञान माला भजन खलः स्वयम्भु र चः मति नेवा खल काठमाणडौका सदस्यहरुको सहयोमगा झन्डै ५ लाख पर्ने मुर्ति पार्कमा स्थापना गरिएको हो । ४ कठ्ठा क्षेत्रमा रहेको पार्कमा मुर्ति स्थापनाले सुन्दरता थपिएको छ ।

डिभिजन वन कार्यालय कपिलवस्तु, कपिलवसतु नगरपालिका र वडा कार्यालय, प्रदेश सरकार लगायतको सहयोगमा पार्क निर्माण गरिएको थियो । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले नगर भित्रै रहेको एक मात्र ज्येष्ठ नागरिक पार्कमा महामानव बुद्धको मुर्ति स्थापना हुनु गौरवको कुरा भएको बताए । उनले पार्कमा बुद्धको मुर्ति स्थापनाले पार्क सहीत नगरकै गरिमा बढेको बताए । उनले पार्कको सुन्दरीकरणमा पालिकाले थप सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

ज्येष्ठ नागरिक पार्क निर्माण समितिका अध्यक्ष माधवराज शर्माले पार्कमा बुद्धको मुर्ति स्थापना भएको खुशी ब्यक्त गरे । उनले पार्कलाई सुन्दरीकरण बनाउन आफुहरु लागी परेको बताए ।

कार्यक्रममा प्रअिअ अर्याल, पुर्व राज्य मन्त्री नेपाल, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पुर्व वडाध्यक्ष रामभजन कलवार लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम माधवराज शर्माको अध्यक्षता र अशोक लम्सालको संचालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.