कपिलवस्तुको महराजगंज नगरपालिका ५ उदयपुर स्वास्थ्य चौकीमा संचालित २ दिने निः शुल्क आखा शिबिरमा गुमेको आखाको ज्योति फर्किदा बृद्धबृद्धाहरु खुशी भएका छन । २ दिने निः शुल्क आखा शिबिरमा १ सय ७२ जना मोतिया बिन्दुको अप्रेशन गरिएको थियो । शिविरमा गरीब बिपन्न, एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्नेको आखाको अप्रशेन गरिएको थियो । शिबिरमा १ हजार ११२ जना निःशुल्क आँखाको जाच गरिएको थियोे । महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बावु नारायणी आखा अस्पतालको प्राबिधिक सहयोगमा शिबिर गरिएको हो । ५ सय ४ जना लाई चश्मार औषधी बितरण गरिएको थियो । शिबिरमा महाराजगंज नगरपालिकाका वडा नम्बर ५ र अन्य वडाबाट समेत गरिब र बिपन्नहरु समेत आएका थिए । निःशुल्क अप्रशेन पछि लाभग्राहीहरुले आफुहरुले नया संसार देख्न पाएको भन्दै खुशी ब्यक्त गरे । उदयपुरका ८० बर्षिय महबुन निशा र उनकी श्रमिति ७० बर्षिया खुशबुन निशाको एकै पटक शिबिरमा मोतियाबिन्दुको अप्रशेन गरेका थिए । आर्थिक अभावले मोतियाबिन्दुको अप्रशेन गर्न नसकेको दुबैले आफनो गाउमा गुमेको आखाको ज्योति फर्किदा खुशी ब्यक्त गरे । ५ बर्ष देखि आखा नदेख्दा कष्टकटर जीवन बिताउन बाध्य भएका महबुवले अब भने आखा देख्ने भए पछि आफुले नया जीवन पाएको बताए । शिबिरमा निःशुल्क मोतिया बिन्दुको अप्रशेनको सेवा पाए पछि ईट्रोल गाउका ८० बर्षिया सफी मोहोम्दले आफुले नया जिवन पाए जस्तै भएको बताए । घर आगन मै उपचार सेवा पाउदा दंग परको उनले मर्ने उमेरमा पनि नया संसार देख्न पाएको बताए । बर्षौ देखि मोतिया बिन्दु रोगबाट ग्रसित बनेकाले उनले राम्ररी आखाले हेर्न सक्थेनन । उनलाई जीवनयापनमा समस्या हुदै आएको थियो । बिपन्न हबीबुल्लाहले आर्थिक अभावका कारण अन्धकारमा बस्न बाध्य थिए । शिबिरमा जाच पछि एक दिन मै उनको अप्रेशन गरिएको थियो । अप्रेशन पछि उनले आखा देख्न थालेका छन । गुमेको आखाको ज्योति फेरी पाए पछि उनी निकै हर्षित छन । ‘ गुमेको आखाको ज्योति पाएको छु, नया जीवन पाए जस्तो लागेको छ ’ उनले भने । फेरी आखा देख्न पाउछु भन्ने आश मारेर बसेका उनले आखा देख्न पाएकोमा आयोेजकलाई धेरै धेरै धन्याबाद दिए ‘ बचेको जिवनमा आखाले आफनो परिवार, समाज, सर्बैलाइ हेरेर मर्न पाउने भए ’ उनले खुशीको आशु झार्दै भने । यस्तै शिबिरमा आखाको अप्रेशन पछि ७१ बर्षिया प्रभा यादवले आखा देख्ने भए पछि फेरी नया जीवन पाएको अनुभुति भएको बताए । निःशूल्क अप्रेशन सहीत चश्मा समेत पाएर दंग परेका उनले आफुलाई निकै रमाईलो लागेको बताए । शिबिरमा आएका ती दुई जस्तै नै बृद्धबृद्धा बिपन्नहरु नया आखाको ज्योति पाउदा दंग छन । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाले बृद्धबृद्धा र बिपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए । उनले बगित ७ बर्ष देखि नगरपालिकाले हरके बर्ष यसरी फरक फरक वडामा एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्ने बर्गलाई लक्षित गरी शिबिर संचालन गर्दै आएको बताए । ‘ नगरबासीहरुलाई गरको प्रतिबद्धता अनुसार काम गरेका छु, ’ उनले भने । शिबिरमा गुुमेको आखाको ज्योति फेरी पाएर खुशी भएको देँख्दा आफनो मन प्रशंन्न भएको उनले बताए । ‘ बृद्धबृद्धाहरु हर्षित भएको देख्दा उनीहरुको आर्शिबाद पाए जस्तो लागेको छ ’ उनले भने । लाभग्राहीलाई भेटेर खुशी साटासाट गर्न मेयर कलाम र उप मेयर रीता कुमारी कुर्मी समेत क्याम्पमा पुगका थिए । उप मेयर कुर्मीले नगरपालिको योजना अनुसार सेवाग्राहीलाई घर आगनमै सेवा दिने उद्देश्य अनुरुप बिगत बर्षहरु देखि नै यस्ता क्याम्प संचालन गर्दै आएको बताईन । रकम अभावमा मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेकालाई शिविर लक्षित गरिएको थियो । शिबिर पुस ५ र ६ गते संचालित गरिएको थियो ।