लुम्बिनी प्रदेशमा सबैभन्दा बढी कुष्ठरोग १६७ बिरामी कपिलबस्तुमा

337

पुस ९
कपिलबस्तु , गुलाम अली
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी कपिलबस्तु जिल्लामा कुष्ठरोग बिरामी देखा परेको छन् । आर्थिक बर्ष २०७९।८० को जनगणना अनुसार १६७ जना कुष्ठरोग बिरामी देखा परेको कुष्ठरोग अभिमुखिकारण तथा अन्तक्रिया कार्याक्रम जानकारी दिएका छन । दि लेप्रोसी मोसनको सहयोगमा संचालन गरिएको कार्यक्रममा नेपाल सरकारले प्रति १० हजारमा १ भन्दा कम गर्न लक्ष्य लिएको छ , कपिलबस्तु जिल्ला लक्ष्य अनुसार हुन सकेको छैैन कार्याक्रममा स्वास्थ्य चौकीका प्रमुख सिद्धार्थ काजी बज्रचार्यले बताउनु भयो ।
कपिलबस्तु जिल्ला अहिले पनि नयाँ १६७ जना बिरामी देखा परेको छन् जसमध्ये महिला ७२ जना छन् भने पुरुष ९५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक बर्ष अनुसार दिन प्रति दिन कृष्ठरोग बिरामी बढदै गएको तथ्याङले देखाएको छ । २०७७।७८ आर्थिक बर्ष १२८ जन भने , २०७८।७९ बर्ष १२३ , र २०७९।८० मा १६७ नयाँ बिरामी देखा परेको तथ्याङले देखाएको छ ।

कपिलबस्तु जिल्लामा १० स्थानीय तह मध्ये जनसंख्या अनसुार सबैभन्दा बिजगनगर गाँउपापिलकामा बढी २५ जना बिरामी देखा परको छन् भने त्यसपछि २६ जना महराजगंज नगरपालिका कृष्ठरोग बिरामी देखा परको तथ्याङले देखाएको छ। जिल्लाभरी सबै कुष्ठरोगलाई कमी गर्न सबैमिलेर पहल गर्नपर्छ कपिलबस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडलेले बताउनु भयो । कुष्ठरोग आँखाले देख्न नसकिने माइब्याक्ब्टोरिया लेप्रे नामको सुक्ष्म किटाणु बाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला स्नायु मा असर पर्दछ यो रोगको मुख्य लक्ष्यहरु छालामा रातो वा फुसो रंगको दाग आएमा , आनुहारको छाला र कानको लेती बाक्लो र चम्किालो देखिएमा यो रोगको मुख्य लक्ष्णहरु हुन ।

Leave A Reply

Your email address will not be published.