कपिलवस्तु ६ पुस
नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रले बक्यौता उठाउन लाईने काटने अभियानलाई तीब्रता दिएको छ । पटक पटक ताकेता गर्दा पनि रकम तिर्न आनाकानी गरे पछि प्राधिकरणले धमाधम लाईन काटन सुरु गरेको हो । प्राधिकरणको केन्द्रिय र प्रादेशिक कार्यालयले बक्यौता रकम उठाउन कडा निर्देशन दिए पछि प्राधिकरणले चालु बर्षका साउन देखि नै बक्यौता उठाउन कडाई गरेको हो । चालु आर्थिक बर्षको साउन देखि पुस ४ गते सम्म कुल ८ सय ५१ जनाको लाईन काटिएको प्राधिकरणका प्रमुख गौरव पाण्डेयले बताए । ती ग्राहकबाट ३ करोड ४ लाख ४४ हजार ५७९ उठन बाकी थियो । त्यस मध्ये ७ सय ३८ जनाले बक्यौता रकम तिरेर २ करोड ४४ लाख १ हजार ६३० रुपैया संकलन भएको प्रमुख पाण्डेयले बताए । प्राधिकरणमा कुल २७ करोड बढी बिद्यूत बक्यौता छ । जस मध्ये १० पालिकाको सडक बत्तीको सबै भन्दा बढी रकम असुली हुन सकेका छैन । सडक बत्तीको १२ करोड बढी र ग्राहस्त को १२ करोड उठन बाकी छ । सरकारी मध्ये कारगारको १३ लाख ८७ हजार उठन बाकी छ । सामान्य देखि प्रतिष्ठित ब्यक्तिहरुको समते बक्यौता रहेको छ । लाईन काटे पछि कतिपयले रकम तिरी पनि सकेको पाण्डेयले बताए । सबैे भन्दा समस्या सडक बत्तीको रकम उठाउन रहेको उनले बताए । सडकमा चौबिसै घन्टा बत्ती बले पनि त्यसको नियन्त्रणकालागि पालिकाहरुले समेत चासो नदिदा हजारौ युनिय बिद्युत त्यसै खेर गईरहेको उनले बताए । पालिका सहीत ग्राहकहरुलाई बक्यौता रकम तिर्न कडाईकासाथ पत्राचार गरिएको उनले बताए । अटेर गर्नेको लाईन काटन आफुहरु पछि नहटने उनले बताए । प्राधिकरणमा ६५ हजार बढी ग्राहक छन ।