स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिप नेपालले १६ स्वर्ण, १४ रजत र ४ कास्य,कपिलवस्तुले १ गोल्ड १ रजत

1,983

भारतको हैदरावादमा पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालित स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा भाग लिन गएका नेपालका खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेका छन । लालबहादुर शास्त्री इन्डोर स्टेडीयममा सञ्चालित १० औँ स्ट्रेन्थ लिफ्टिङ्ग वल्ड च्याम्पियनसिपमा नेपालले सो पदकहरु जित्न सफल भएका हुन् ।

यस्तै गरी सो च्याम्पियनसिपमा कपिलवस्तुका जिवन गिरीले स्वर्ण पदक र शैलेन्द कसौधनले रजत पदक जित हासिल गरेको कपिलवस्तु स्ट्रेन्थ लिफ्टिङ्ग संध का अध्यक्ष बलराम न्यौपानेले जानकारी दिएका छन । प्रतियोगितामा युरोप, अमेरिका, एशियासहित १६ वटा मुलुकका खेलाडी हरुको प्रतिस्पर्धा रहेको थियो जसमा नेपालका खेलाडीहरु विभिन्न विधामा सहभागी सिनियर र जुनियर महिलाहरुले बढी पदक ल्याउन सफल भएका न्यौपानेले बताए । प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म वजन समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.