कपिलवस्तुमा पिएम कप क्रिकेट प्रतियोगीताकालागि छनौट सुरु

165
biddhut

कपिलवस्तु ५ पुस
पिएम कप – प्रधानमन्त्री कप पुरुष क्रिकेट क्रिकेट प्रतियोगीताकालागि कपिलवस्तुमा खेलाडीको छनौट प्रकृया सुरु गरिएको छ । जिल्ला क्रिकेट संघले तौलिहवा स्थित बुद्धपदम उमाबिको खेल मैदानमा खेलाडीको छनौट सुरु गरेको हो । खेलाडी छनौटकालागि संघका जिल्ला उपाध्यक्ष बिश्वेन्द्र सिंह रावलको संंंयाजकत्वमा ३ सदस्यीय समिति गठन गरी छनौट प्रकृया अघि बाढइएको संघका जिल्ला अध्यक्ष प्रकाश गैरले बताए । समितिमा संघका सचिव अजय शर्मा र पदमराज श्रेष्ठ रहेको छन ।

dengu 3 1

छनौटकालागि आबेदन दिएका खेलाडीहरुलाई ४ टिम बनाई खेल खेलाएर छनौट अघि बढाइएको संयोजक रावलले बताए । छनौट बिहीवार र शुक्रवार गरी २ दिन हुनेछ । खेलाडीको प्रर्दशनका आधारमा कुल १४ जना खेलाडी छनौट गरिनेछ । बाकी २ जना भने बैकल्पीक खेलाडी समेत छनौट गर्ने कार्यक्रम छ । छनौट भएका खेलाडीहरुको नामावली प्रकाशन गरीनेछ । ती खेलाडीहरुले पुस २२ गते लुम्बिनी प्रदेश स्तरीय छनौटमा सहभागीता जनाउने छन । प्रदेशमा छनौट भएका खेलाडीहरुले मात्र पिएम कप क्रिकेटमा सहभागी हुन पाउने अध्यक्ष गैरले बताए । बिहीवार सम्म ३६ खेलाडीले छनौटकालागि आबेदन दिएका छन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.