नगरपालिकाको आर्थिक संबृद्धिकालागि महाराजगंजमा ५ वटा ठुला परियोजना संचालन

116

कपिलवस्तु ५ पुस
महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले नगरपालिकाको आर्थिक संबृद्धिकालागि यस बर्ष देखि ५ वटा ठुला पुर्वाधारका कार्यक्रम संचालन गरिएको छ । नगरपालिकाको १४ औ नगर सभाको सुभारम्भ गर्दै मेयर कलामले सो कुराको जानकारी दिएका हुन । उनले आफुले टुक्रे र स– सना योजना भन्दा ५ वटा ठुलो योजनाको सुभारम्भ गरेको जानकारी दिए । ती योजनाहरु ३ बर्षमा संपन्न गर्ने योजना छ । ३ करोड ६० लाखको अनुमानित लागत रहेको शान्ति नगर जितपुर दक्षिण कन्चनीया पुल सम्म कालो पत्र सडक, ३ करोड ६० लाख कै हुलाकी सडक दक्षिण ईट्राल सम्म सडक कालो पत्रे निर्माण गरिनेछ । २ करोड ३३ लाखको सोनबर्षा मुल सडक देखि कठौतिया सम्म सडक स्त्तरउन्नती, वडा नम्बर ५ सोनबर्षा कार्यालय देखि दुरुवा हुदै हुलाकी फिडर निर्माण तथा फलहारीबावा बहुमुखी क्याम्पसमा १२३ कोठे भवन निर्माण गरिनेछ । यी सबै योजनााहरुको टेन्डर निकालिएको र यसै बर्ष देखि काम सुरु हुनेछ । उनले शिक्षा स्वास्थ्य क्षेत्रको समेत यस बर्ष थुप्रै काम हुनेछ । पुरानो पहिचान भए पनि विकासमा पछि परेको महाराजगंजको भौतिक र आर्थिक विकासकालागि आफनो बाकी रहेको साढे ३ बर्ष कार्यकालमा काम काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । आन्तरिक आय नभएको र बिगतको तुलनामा केन्द्र र प्रदेश सरकारले बजेट बिनियोजन नगरकोले काम गर्न काह्रो परेको पनि आफुले आट गरेर काम अघिबढाएको मेयर कलामले बताए । चालु आर्थिक बर्षको मंसिर महिना सम्म नगरपालिकाको आन्तरिक आय १७ लाख मात्र संकलन भएको छ । सभाका वडाध्यक्षहरुले मेयरले कामकाज गर्दै आफुहरुसंग समते समन्वय गर्नु पर्ने बताएका थिए । वडाध्यक्ष कै मागका आधारमा वडाको आम्दानीलाई बित्तिय समानीकरणमा पठाउन समेत मेयर कलामले निर्देशन दिएका थिए । कार्यक्रममा नगरपालिकाको प्रगति प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बजेटको संशोधन प्रस्ताव समेत पारित गरिएको छ । मेयर कलामको अध्यक्षता र बृजशे यादवको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र चौधरी, वडा नम्बर १ का अध्यक्ष प्रमोद चौधरी, ९ का वडाध्यक्ष फरिमद अहमद मुसलमान, वडा नम्बर ८ का अध्यक्ष यागेन्द्र कुमार केसी लगायतले पालिकाकामा प्रभावकारीरुपमा काम अघिब ढाउनु पर्नेमा जोड दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.