जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समिती गठन

328


कपिलवस्तु २७ मंसिर
कपिलवस्तुमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको संयोजकत्वमा जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समिति गठन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धरा तौलिहवामा आयोजित सरोकारवालाको सहभागीतामा गरिएको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य बैठकमा निर्देशिकाले तोके अनुसारको समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाल, रेडक्रसका मन्त्री संतोष श्रविास्तव, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोक गुप्ता, प हे न शान्ति भन्डारी, सरोजा अधिकारी तथा सदस्य सचिव स्वास्थय कार्यालयका प्रमुख नारायण प्रसाद चौधरी छन । प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्ने ६ जना गैर सरकारी संस्थाका प्रतिनिधि आमन्त्रित सदस्य छन । छलफलमा पुर्ण संस्थागत सुत्केरी प्रोत्साहन र सुनिश्तिताका लागि नियमित अनुगन गर्ने र वडा स्तरीय समिति गठनका लागि पहल गर्ने निर्णय गरिएको छ । माघ महिनामा संचालन हुने परिवार नियोजन शिबिरमा संस्थाहरुले सहयोग र समन्वय गर्ने, सुरक्षित गर्भपतन सेवाको पालिकाले नियमित अनुगन गर्ने र निर्देशिका बिपरित गर्भपतन गर्नेलाई कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने निर्णय भएको प हे न शान्ति भण्डारीले बताईन ।प्रजनन स्वास्थ्यको काम गर्ने गैर सरकारी संस्थाले आफनो प्रतिबेदन समितिमा प्रस्तुत गर्नु पर्ने र समितिको आगामी बैठक आउने फागुनको दोश्रो साता गर्ने निर्णय गरिएको छ । बैठकमा प हे न भन्डारीले यौन तथा प्रजनन स्वास्थ्यको प्रदेश र जिल्लाको अवस्था बारे प्रस्तुत गरेकी थिईन ।प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वमा शिवराज नगरपालिका जिल्ला कै उत्कृष्ठ रहेको र मायादेबी गाउपालिका सबै भन्दा कमजोर रहेको भन्डारीले बताईन । प्रजनन स्वास्थ्यमा कपिलवस्तुमा धेरै काम गर्नु पर्ने भएकाले सरोकारवाला सबैले यस तफै ध्यान दिनु पर्ने उनले बताईन । सो अवसरमा सवन्य प्रमुख आचार्यले प्रजजन स्वास्थ्यमा कपिलवस्तु कमजोर रहेकोले सेवा सुबिधलाई बिस्तार गर्दे लैजानु पर्ने बताए । सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले प्रजनन स्वास्थ्यलाई घर दैलो सम्म पुर्याई प्रभावकारी सेवा दिनु पर्ने बताए ।

b 4
Leave A Reply

Your email address will not be published.