लुम्बिनी प्रदेशको दशगजा क्षेत्रमा रहेका सिमा स्तम्भको मर्मत संभारको सुभारम्भ

100

कपिलवस्तु
लुम्बिनी प्रदेश अन्र्गत नेपाल – भारतको दशगजा क्षेत्रमा रहेका सिमा स्तम्भको मर्मत संभार कार्यको शुक्रवार सुभारम्भ गरिएको छ । सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपेन्दहीको आयोजना तथा सशस्त्र प्रहरी वल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सिमा स्तम्भका मर्मत संभारको काम सुभारम्भ गरिएको हो । मधेस प्रदेशमा भने एक महिना अघि देखि नै सशस्त्र प्रहरीको अगुावईमा सिमा स्तम्भ मर्मत संभारको काम सुरु भई सकेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ लिंक गेटको किनारमा रहेको ५ सय ६७ ( १ ) नम्बरको सहायक सिमा स्तम्भको मर्मत गरी कामको सुभाम्भ गरिएको हो । बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, कृष्णनगर नगरपालिकाका मेयर रतज प्रताप शाह, भारतको बलरामपुर जिल्लाका सेक्सन ईन कमान्डका प्रमुख विकास राय सिंह, सहयाक प्रजिअ अनिल पौडेलले सिमा स्भम्भमा करनीले मसला र पेन्ट लगाईका मर्मत संभारको काम सुभारम्भ गरेका थिए । बिजोर नम्बरको नेपाल र जोर नम्बरको भारतले मर्मत सम्भारको जिम्मा पाएको छ । लुम्बिनी प्रदेशको कुल ४ सय ३५ किलो मिटर सिमा भारतसंग जोडिएको छ । जसमा ८ सय ८८ वटा सिमा स्तम्भ रहेको नापी बिभागका पवन कुमार खत्रीले बताए । जस मध्ये ५ सय ६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्नेछ । लुम्बिनी प्रदेशको कपिलवस्तु नवलपरासी रुपन्देही, दाङ, बाके र बर्दियामा रहेका सिमा स्भम्भहरुको मर्मतको काम सुरु हुने बाहिनीपति खत्रीले बताए । नेपालमा भने कुल ८ हजार ५५३ सिमा स्भम्भ छन । कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए । कपिलवस्तुको ९३ किलो मिटर सिमा क्षेत्र भारतसंग जोडिएको छ । जुन लुम्बिनी प्रदेश मै सबैभन्दा बढी हो । सिमा स्तम्भ पनि कपिलवस्तु मै सबै भन्दा बढी छन । रंगरोगन, २५ प्रतिशत क्षति भएको आशिंक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशत क्षति भएका सिमा स्भम्भहरुको पुर्ण मर्मत गरिनेछ । सो अवसरमा बाहिनीपति खत्रीले लुम्बिनी प्रदेशमा रहेको सिमा स्तम्भहरुको मर्मत संभार कार्य बिधिवतरुमा सुरु भएको र यसमा सबैले साथ दिनु पर्ने बताए । उनले सिमा स्तम्भ देश कै लागि संबेदनशील बिषय भएकाले यो कार्यमा सरोकारवाला सबै गंभीर हुनु पर्ने बताए । सो अवसरमा सहायक प्रजिअ पौडेलले सिमा स्तम्भको मर्मत कार्यको सुरु हुनु खुशीको बिषय भएकाले यसमा सबैले चासो दिनु पर्ने बताए । कपिलवस्तुमा रहेको ७ सिमा स्तम्भ भने हराएका छन ।

b 4
Leave A Reply

Your email address will not be published.