कपिलवस्तु
३६ औ बिश्व एड्स दिवसका अवसरमा अध्ययनमा सहजताकालागि कपिलवस्तुको तौलिहवामा एचआईभि संक्रमित र प्रभावित ५० बालबालिकालाई स्टेस्नरी बाडिएको छ । कपिलवस्तु नगरपालिकाको तथा आधा दर्जन संस्थाहरुको सहयोगमा कपिलवस्तु अस्पतालले उनीहरुलाई कापी कलम पेन्सीलको सेट सहीतको स्टेस्नरी बाडेको हो । अस्पतालका मेसु बिपिन जैसवाल, नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले उनीहरुलाई सो स्टेसनरी हस्तान्तरण गरेका थिए । सो अवसरमा मेसु जैसवालले एचआईभि संक्रमणमा परेकाहरुले बेलैमा उपचारको पहुचमा पुगे लामो जिवन जिउन सक्ने बताए । उनले एचआईभि नियन्त्रणमा समुदायको समेत प्रभावकारी भुमिका हुने बताए । बिभेद र लान्छनाका कारण अझै थुप्रै संक्रमतिहरु खुलेर बाहिर आउन नसकेको बताए । संक्रमितहरुको सवालमा सबैले साथ दिनु पर्ने उनले बताए । स्वास्थ्य शाखा प्रमुख गुप्ताले राजगारीकालागि बिेदेश गएर फर्किनेहरुमा एचआईभिको अधिक जोखिम हुने भएकाले यस तर्फ सचेत हुनु पर्ने बताए ।
कपिलवस्तु अस्पतालकी एआटि परामर्शदाता जरिना खातुनले अहिले सम्म जिल्लामा ५७ सय ६२ जना संक्रमित फेला परेको बताईन । ४ सय ६५ जनाले एआटि खाईरहेको छन । २ सय ३ जना पुरुष, २ सय १० जना महिला, २१ जना बालक, १८ जना बालिका तथा १३ जना तेश्रो लिङ्गी रहेका छन । यस्तै एड्सका कारण अहिले सम्म १ सय २३ जनाले ज्यान गुमाएका छन । तौलिहवा र महाराजगंजमा एआरटि सेन्टर संचालन रहेको बताए । जिल्लामा १८ बर्ष मुनीका ५२ जना संक्रमित छन । उता बिश्व एड्स दिवसका अवसरमा तौलिहवा स्थित प्रशासन चोक अघि दीप प्रज्जवलित गरिएको छ । एड्सबाट मृ्त्यु भएकाहरुको संझना र मृतक आत्माको शान्तिको कामना गर्दै दीप प्रज्जवलित गरिएको हो ।