कपिलबस्तु , गुलाम अली
कपिलबस्तु जिल्लामा मातृ मृत्यु दर लुम्बिनी प्रदेशमा दोस्रोमा कपिलबस्तु रहेको छ ।
२०७९।८० को जनगणना अनुसार कपिलबस्तुमा १ लाख बच्चा जन्म दिदा २३१ जना आमाहरु मृत्यु भएको तथ्याङले देखाएको छ , सबैभन्दा बढी लुम्बिनी प्रदेशमा बाकेमा ३८०, दोस्रो कपिलबस्तु २३१ , तेस्रोमा बार्दिया छ । सबैभन्दा कम बच्चा जन्माउदा आमा मरेको पूर्व रुकमा १११ रहेको तथ्याङले देखाएको छ । कपिलबस्तु जिल्लाको स्वास्थ्य प्रणाली छलफल एवा मातृ शिशु सुढ्ढीकरणको लागि बहुपक्षिय छलफलमा जिल्ला समन्वय समितिको सहयोगमा हाड इन्टरनेसनेल को समन्वयमा छलफल कार्यक्रममा सो बारे जानकारी गराइएको थियो।
लुम्बिनी प्रदेश मध्ये सबैभन्दा बढी एनजीओ आएनजीयोले सहयोग गरेको जिल्ला कपिलबस्तु भए पनि मातृ जन्म र नवजात शिशु मरेको दुखत कुरा भएको प्रदेश स्वास्थय मन्त्रालको सचिव बिकास देवकोटाको भनाई छ ।
त्यस्तै कपिलबस्त जिल्लाको दशै स्थानीयतह मध्ये १ लाख बच्चा जन्मदिदा आमा मरेको शिवराज नगरपालिकामा ५७८ छ भने ,दोस्रोमा यशोधरा गाउँगालिकामा ३५६, मायादेबीमा २८१ ,कपिलबस्तु नगरपालिकामा १८२ , बाणगंगा नगरपालिकामा १५३, महराजगंज नगरपालिकामा ८१ भने कृष्णनगरमा ७७ त्यस्तै न्यून बिजयनगर गाँउपालिकामा रहेको जनगणनाको तथ्याङले देखाएको छ ।
गर्भवति भए पछि २०७९।८० को प्रोटोकल अनुसार ८ पटक जाँच गराउनु पर्छ जनस्वास्थ्य कार्यालयको प्रोटकल छ समयमा चेक जाँच नगराएपछि पछि आमाहरुको मुत्यु भएको चिकित्सकको भनाई छ ।
८ पटक चेक गर्नेमा कपिलबस्तु नगरपालिका जिल्लामा दशस्थानीय तह मध्ये सबैभन्दा बढी बाणगंगा नगरपालिकामा ३९।६ प्रतिशतले जाचँ गराएको छन भने सबै कम बिजगनगर गाँउपालिकामा ५।४ प्रतिशतले मात्र चेक गराएको २०७९।८० जनगणनाको तथ्याङले देखाएको छ ।