प्रथम गौतम बुद्धकप अन्तर बिद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगीता सुरु

84

कपिलवस्तु १४ मंसिर
जिल्लालाई ब्याडमिन्टनको हव बनाउने उद्देश्यकासाथ कपिलवस्तुको तौलिहवा स्थित कभर्ड हलमा प्रथम गौतम बुद्धकप अन्तर बिद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको सहयोग र जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगीताको लुम्बिनी प्रदेश सदस्य मधुरसुदनशरण चौधरी र नगरपालिकाका मेयर सुदीप पौडेलले खेल खेलेर शुभारम्भ गरेका थिए ।

सो अवसरमा प्रदेश सदस्य चौधरीले सरकारले खेल र खेलाडीको सम्मान गर्न नसकेको गुुनासो गरे । उनले खेल र खलाडीकालागि सरकारले प्रर्याप्त बजेट बिनियोजन गर्नु पर्ने माग गरे । उनले आफुले जिल्लाको खेलको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रतियोगीतामा ८ वठा ईभेन्ट गरिने प्रशिक्षक राजेश शाक्यले बताए । प्रतियोगीतामा कपिलवस्तु नगरपालिका र जिल्लाभरका बिद्यालयबाट १ सय ८० बढी बिदार्थी सहभागी हुने उनले बताए ।

प्रतियोगीतामा ३ दिन सम्म चल्ने छ । संघका जिल्ला अध्यक्ष दिनेश हमालको अध्यक्षता, बलराम न्यौपानेको संचालनमा भएको उदघाटन सत्रमा जिल्ला खेलकुद विकास समितका अध्यक्ष राजेश उपाध्याय, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यष प्रकाश गैरे, वडा नम्बर १ का वडा सदस्य बिष्णु बारी लगायतको सहभागीता थियो ।

b 4
Leave A Reply

Your email address will not be published.