कपिलवस्तुमा खैरो हेरोईन सहीत २ जना पक्राउ

127

कपिलवस्तु १४ मंसिर
कपिलवस्तुमा खैरो हेरोइन सहित २ जना प्रकाउ परेका छन । तौलिहवा बाट ४ नंम्बर जितपुर तर्फ आउदै गरेको लु १८ प ५५०८ नम्बरको मोटरसाईकलाई बाणगंगा नगरपालिका वडा नम्बर ३ कर्महनामा रोकेर चेकजाच गर्नेक्रममा २ जना खैरो हेरोईन सहीत पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिएका छन । प्रकाउ पर्नेमा बाणगंगा नगरपालिका १ बर्ष ३० का विजय राई र उक्त मोटरसाईकल पछाडी सवार जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका २ बर्ष ३४ को दिनेश घिमिरे रहेका छन उनीहरु बाट ४ ग्राम २०० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको थापाले बताए ।

जिल्ला अदालत बाट लागु औषध मुद्धामा म्याद थप भई अनुसन्धान भई रहेको थापाले जानकारी दिएका छन । उता ईप्रका पिपराले लागु औषधको दुब्र्यसनी र कारोवारी बढे पछि चलाएको बिशेष अभियानमा ३ महिना १८ जना खैरो हेरोईन सहीत पक्राउ परेका छन । जिल्ला कै सबै भन्दा बढी संख्यामा बाणगंगा नगरपालिका क्षेत्रमा दुब्र्यसनी र कारोवारी भएको गुनासो आए पछि आफुले अभियान चलाएको ईप्रका पिपराको प्रहरी निरीक्षक गोपाल पराजुलीले बताए । ३ महिनामा १६ ग्राम र ३ सय ५० मिलिग्राम खैरो हेरोईन सहीत १८ जना अभियुक्त पक्राउ गरिएको उनले बताए । १० जनालाई मुद्दा चलाइएको, ३ जना कारागार चलान र ३ जना धरौटीमा रिहा भएको उनले बताए । ‘ हामीले बाणगंगा क्षेत्रमा लागु औषध बिरुद्ध आक्रमक अभियान चलाएका छौ ’ उनले भने । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकरा घिमिरेले बाणगंगा क्षेत्रमा युवाहरु लागु आषधको दुब्र्यसनमा फस्दै गएकाले प्रहरीले चलाएको अभियानको प्रशंसा गरे। उनले अभियानलाई अझ तिब्रता दिनु पर्ने र यो अभियानमा सबैले साथ दिनु पर्ने समेत उनले बताए ।

b 4
Leave A Reply

Your email address will not be published.