दिपावलीको अवसरमा नृत्य प्रतियोगीता

189

कपिलवस्तु, २५ कार्तिक
कपिलवस्तुको तौलिहवामा दिपावली, नेपाल सम्बत, छठको अवसरमा पारेर नृत्य प्रतियोगीता संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोग तथा नारी शील्पकला केन्द्रको आयोजना सो प्रतियोगीता संपन्न गरिएको हो । प्रतियोगीतामा तौलिहवाकी पुर्णिमा जिसि प्रथम, प्रसिद्धिका महरा द्धितीय, आकांक्षा शर्मा तृतीय भए । यस्तै बर्मेली ग्रुप, सोनाक्षी र बिरा श्रीवास्तवले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रथमलाई ५, द्धितीयलाई ३, तृतीयलाई २ हजार नगद प्रदान गरिएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले नारी शील्पकला केन्द्रले महिलाको आयआर्जन र सशक्तिकरणकालागि राम्रो काम गरेको बताए । उनले निर्माणधीन केन्द्रको भवन निर्माणकालागि आफुले १० लाख बजेट दिने घोषणा गरे ।

यस्तै सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले केन्द्रको विकासकालागि सक्दो सहयोग गर्ने तथा एक लाख सहयोग गर्ने घोषणा गरेका थिए । बिजयी प्रतियोगीहरुलाई नम्रता शर्मा, वडाध्यक्ष गैरे, माधुरी श्रेष्ठ लगायतले नगद र प्रमाण पत्र प्रदान गरेका थिए । जनु शाही श्रेष्ठको अध्यक्षता, लक्ष्मी श्रेष्ठको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, सुरेन्द्र लम्साल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.