कपिलवस्तु २४ कार्तिक
कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः राजु प्रसाद अर्याल निर्बिरोध निर्वाचत भएका छन । गत कार्तिक १३ गते २५ औ साधारण सभा र १३ औ अधिबेशनको उदघाटन सत्र भए पनि गणपुरक संख्या नपुगे स्थगित गरिएको थियो । फेरी राखिएको बन्द सत्रबाट अर्याल अध्यक्षमा निर्बाचित भएका हुन । अर्यालेको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष संतोष कुमार श्रीवास्तव, सचिवमा शकुन्तला पौडल, कोषाध्यक्षमा शिवाकान्त गुप्ता रहेका छन । यस्तै समितिको सदस्यमा कालीपद शर्मा, संजय कुमार ढवाडी, दिवाकर प्रसाद गुप्ता, रबिन्द्रनाथ ठाकुर, निरुपमा जैसवाल, कोमल बिकास सिंह, उमेश कुमार श्रीवास्तव र आशा गिरी रहेका छन । यस्तै लेखा तथा सुररिबेक्षण समितिको संयोजकमा शारदा केसी र सदस्यहरुमा राम प्रासद अर्याल, सुधाकर प्रसाद पाण्डेय र ललाउ प्रासद मुराउ रहेका छन । यस्तै सल्लाहकारमा संजय लम्साल, ध्यानेन्द्रमणि त्रिपाठी, रामेन्द्र सिह रावल श्याम नारायण उपाध्याय, हरिचन्द्रलाल श्रविास्तव रहेका छन । बन्द सत्रमा गत आबको प्रगति र लेखा प्रतबिेदन तथा केही नीती नियम समेत पारित गरिएको थियो । लामो समय पछि सो सहकारीको साधारण सभा र अधिबेशन गरिएको हो । १२ करोड हिनामिना भए पछि २ बर्ष सम्म बन्द भएको सहकारीको झन्डै ६ बर्ष पछि २५ औ साधारण सभा र १३ औ अधिबेशन भएको हो । अदालतको आदेश पछि १५ महिना अघि राजु प्रसाद अर्यालको अध्यक्षतामा सहकारीको कार्य समिति गठन गरी बन्द रहेको सहकारी पुन संचालन गरिएको थियो । अध्यक्ष राजु प्रसाद अर्यालले संकटगस्त सहकारीलाई पुनः लयमा फर्काइएको बताए । उनले बचतकर्ताहरुको केही रकम फिर्ता गरी सकेको र बाकी पनि नया नीति बनाएर फिर्ता गरिने बताए । उनले खाई नखाई गरेर बचत गरको जनताको बचत माग अनुसार फिर्ता गरिने बताए । अब रिन असुली प्रकृयामा समेत कडाई गरेर जाने उनले बताए । आफनो चार बर्षे कार्यकालमा यो सरकारीलाई फेरी अब्बल र नमुना बनाउने उनले घोषणा गरे । ११ करोड ९९ लाख हिनामिना रहेको सहकारीमा ५३ जना बिरुद्ध मुद्दा चलीरहेको छ । सहकारीमा १६ सय बढी सदस्य छन ।
Next Post