कपिलवस्तु २४ कार्तिक
भारत र नेपालको सीमामा हुने अपराध नियन्त्रणमा दुबै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारी बिच सिमा क्षेत्रमा निग्रानी बढाउने सहमिति भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनीको आयोजनामा भारतीय सशस्त्र सिमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी, सेक्टर हेड क्वाटर गोरखपुर बिच डिआईजि लेबलको काउन्टरपार्टस मिटिङमा सो निर्णय गरिएको हो । सो बैठकमा दुबै देशका सशस्त्र सुरक्षा अधिकारीहरुले सिमा अपराध नियन्त्रणमा एक आपसमा सहयोग र समन्वय बढाई ठोस पहल गर्ने निर्णय भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए । बैठकमा सिमा सुरक्षलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन नेपालको सशस्त्र र भारतको एसएसबिको थप टोली तैनाथ गर्नेै समेत सहमति बनेको थियो । दुबै पक्षले सिमा अपराध नियन्त्रण तथा सीमापार नेपाली र भारतीय नागरिको सुरक्षित,सहज र मर्यादीत आवतजावतमा जोड दिइएको प्रहरी उपरिक्षक केसीले बताए । दशगजा क्षेत्रलाई सफा र सुन्दर राख्न संयुक्त सरसफाई अभियान संचालन गर्ने, दुबै देशमा सुरक्षित आउजाउ गर्न हेल्प डेस्को स्थापना, सुचना आदान प्रदान गर्ने समेत सहमित भएको थियो । बैठकमा सीमा सुरक्षा, भन्सार छली र अबैध सामान ओसारपोसार नियन्त्रण, मानव बेचबिखन÷अपहरण, हातहतियार तथा लागु औाषध नियन्त्रणका बिषयमा समेत छलफल भएको थियो । बैठकमा दुबै देशको सुरक्षा संबेदनशीलता बिषयमा गंभीरढंगले छलफल भएको उपरिक्षक केसीले बताए । बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरिक्षक अभिकुमार खत्री लखिमपुर खिरीका डिआईजी जेडी बसिष्ठ गोरखपुर डिआईजि अखिलेश्वर सिंहले सिमा अपराधलाई निस्तेज पार्न एक आपसरमा समन्वय र सुचना आदान प्रदानालई बढाउदै लानु पर्ने बिषयमा जोड दिएका थिए । दशगजा क्षेत्रमा सुरु भएको सिमा स्तम्भहरुको मर्मत र संभारका कार्यलाई समते दुबै देशका सशस्त्र प्रहरीले समयमै संपन्न गर्नेमा जोड दिइएको थियो । सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ र भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजि अखिलेश्वर सिहले स्वागत मन्तब्य दिएका थिए । बैठकमा लुम्बिनी प्रदेशका भारतसंग सिमा जोडिएका गणका गणपति र भारतीय एसएसबिका कमाण्डेन्टकहरुको सहभागीता रहेको थियो ।