उप प्रमुखलाई कारबाहीको माग गर्दै कपिलवस्तुका प्रमुख प्रशाकीय अधिकृतहरु र कर्मचारी सम्बद्ध ट्रेड युनियनले बुझाए ज्ञापन पत्र
कपिलवस्तु १७ कार्तिक
सुद्धोधन गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथी हातपात गर्ने उप प्रमुख होम प्रकाश चौधरीलाई कारबाही गर्नु माग गर्दै कपिलवस्तुका १० पालिकाका प्रमुख प्रशाकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ टे«ड युनियन कर्मचारी संगठनले माग गरेका छन । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई छुट्टा छुट्टै भेट गेरर उनीहरुले घटनाको घोर भत्सना गदै ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन । बिहीवार दिउसो बिना कारण प्रमुख प्रशाकीय अधिकृतको कार्यकक्ष मै उप मेयर चौधरीले ज्ञवालीलाई गालीगलौच, दुब्र्यवार हातपात गरी भौतिक संपत्तिमा समेत क्षति पुरेयाएकोले उनीहरुले दोषीमाथी कडा कारबाहीको माग गरेका छन । १० मध्ये नौ पालिकाका प्रमुख प्रशाकीय अधिकृत र जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले बुझाएको ज्ञापन पत्रमा बिभिन्न चुनौतीका बिच कार्य गर्नु पर्ने बाध्यताका बिच यस किसिमको आक्रमणले राष्ट्रसेवक कर्मचारीहरुको मनोबल खस्ने मात्र नभै सदा डत्र र सात्रको मनोबृत्तिले अपहेलित हुने जनाएका छन । यस प्रकारको वातावरणमा कसरी काम गर्ने र सुरक्षाको प्रत्याभुति कसरी हुने भन्ने प्रश्न तेर्सिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, महाराजगंज नगरपालिकाका रबिन्द्र चौधरी शिवराज नगरपालिकाका बावुराम पौडेल, बुद्धभुमीका धु्रब प्रसाद नेपाल, कृष्णनगरका रमेश प्रसाद गौतम, बाणगंगा नगरपालिकाका भक्तिराम मरासिनी, सुद्धोदन गाउपालिकाका कृष्ण प्रसाद ज्ञवाली, यशोधरा गाउपालिकाका रामचन्द्र ढकाल, बिजयनगर गाउपालिकाका शोभाराम रिजालद्धारा हस्ताक्षर रहेको छ । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष प्रकाश गौतम, नेपाल कर्मचारी युनियनका अध्यक्ष झक बहादुर आले, नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यबाहक अध्यक्ष सन्देश पन्थी, नेपाल मधेसी निजामति कर्मचारी मन्चका अध्यक्ष राजेन्द्र मिश्रले संयुक्त हस्ताक्षर गरको ज्ञापन पत्रमा घटनाको घोर भत्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका छन । कर्मचारीलाई काम गर्ने वातावरण मिलाई दिन हुन उनीहरुले नेपाल सरकार समक्ष माग गरेका छन । कर्मचारीहरुले टोलीले प्रहरी उपरिक्षक नवरत्न पौडेललाई समेत भेटेर दोषीलाई तत्कालै पक्राउ गरी कारबाही प्रकृया अघि बढाउनु पर्ने माग गरेका छन । घटनाको बिरोधमा सुद्धोधन गाउपालिकाकाका कर्मचारीहरुले बिहीवार देखि नै गाउपालिकाको कामकाज ठप्प गर्दै आ्रन्दोलनमा उत्रेका छन । उनीहरुले दोषीलाई कारबाही नभए सम्म गाउपालिकाको कामकाज ठप्प राख्ने चेतावनी समेत दिएका छन । बिहीवार दिउसो २ बजेतिर उप प्रमुख चौधरीले प्रमुख प्रशाकीय अधिकृत ज्ञवालीमाथी हातपात गरेका थिए । कामको लागि गाडीको चाभी माग्दा समेत नदिएको भन्दै उनले हातपात गरेका थिए । उप प्रमुख चौधरीले भने आफुले हातपात नगरको र सामान्य भनाभन मात्र भएको दाबी गरेका छन । सो पालिकामा उप प्रमुख र प्रमुख कमेलश शरण चाधरी बिच समेत ६ महिना देखि बिवादका कारण बोलचाल समेत बन्द छ । प्रमुख चौधरीले समेत उप प्रमुख माथी कारबाही हुनु पर्ने माग गरेका छन ।