कार्तिक १२ कपिलवस्तु,
देश को अर्थतन्त्र को सुधार गर्न तथा विकासको लागी अघि वढाउन कृषिमा परिवर्तन गर्न आवश्यक रहेको पुर्व कृषि मन्त्री चक्रपाणी खनाल ले बताएका छन । दशै ,तिहार तथा नेपाल सम्वत छठ लगाएतका पर्वहरुको सुखद उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा तौलिहवा मा राखिएको शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रम मा प्रमुख अतिथीको रुपमा रहेका खनालले देशको अर्थतन्त्र बढाउन कृषि, शिक्षा कलकारखानको थप सुधार तथा परिवर्तन गर्न जरुरी रहेको बताएका छन । यस्तै गरी अहिलेको सरकार गठबन्धन सहित अघि बढीरहेको र ५ बर्ष सम्म गठबन्धन टिकाउ रहेने उनले दावी गरेका छन ।

कार्यक्रममा नेपाली काग्रेस ,नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा लगाएतका प्रतिनिधीहरु ले शुभकामना मन्तव्य दिएका थिय । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विण्णु बेल्वासेको अध्यक्षतामा रहेको कार्यक्रको संचालन जिल्ला सचिव हजरत अलि खान लेगरेको थिए ।

wada 3 lu tato

Leave a Reply

Your email address will not be published. Required fields are marked *