ज्येष्ठ नागरिकको सुबिधा बढाउन नीति ल्याउदैछौ ः मन्त्री आचार्य

97

कपिलवस्तु ११ कार्तिक
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकलाई लक्षित गरी मन्त्रालयले बिशेष सुबिधा दिने निति बनाउने तयारी गरेको बताएका छन । जिउदो ईतिहासकारुपमा रहेको ज्येष्ठ नागरिक ज्ञान, सिप र कलाको भन्डारकारुपमा रहेकोले उनीहरुलाई लक्षित गरी मन्त्रालयले बिशेष सहुलियत र सुबिधा सहीतको नीति निर्माण गरिने उनले बताए । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ द्धारा तौलिहवामा आयोजित बिजया दशमी, नेपाल संबत, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘ ज्येष्ठ नागरिकको स्वास्थ्य र दीर्घ जीवनकालागि मन्त्रालय प्रतिबद्ध छ ’ उनले भने ‘ अलपत्र परेको ज्येष्ठ नागरिको सरकारले अभिभावकत्व लिन तयार छ ’ । उनले ज्येष्ठ नागरिकको सेवा सुबिधा बाढउन अन्य मन्त्रालयसंग पनि समन्वय गरिने मन्त्री आचार्यले बताए । उनले ज्येष्ठ नागरिकले पनि आफुले सिकको ज्ञान सिप, , रितिरिवाज र सस्कृतिलाई अन्तरपुस्ता हन्तान्तरण गर्नु पर्ने उनले बताए । सो अवसरमा मन्त्री आचार्यले वडामा रहेको सय बढी ज्येष्ठ नागरिकलाई खादा ओढाई पि फर्म समेत हस्तान्तरण गरेका थिए । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकरण पोण्डेयले ज्येष्ठ नागकिरकालागि सरकारले बिशेष सेबा सुबिधा प्रदान गर्दै आएको र यसमा अझ सेवा सुबिधा थप्नु पर्ने बताए । कार्यक्रममा अन्डर सेभेन्टीन ब्यानमिन्ट प्रतियोगीतामा रजत पदक दिलाएका तौलिहवामा अभय महरालाई दोसल्ला, नगद र प्रमाण पत्रले सम्मानित गरिएको थियो । यस्तै वडाको भौतिक र सामाजिक विकासमा योगदान दिने लुम्बिनी प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री सहसराम यादव र राज्य मन्त्री रिना नेपाललाई समेत दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरिएको थियो । सो अवसरमा वडा अध्यक्ष प्रकाश गैरेले आफनो वडा ठुलो भएको र धेरै कृषकहरु रहेकाले मदखाद, सिंचाई र पुर्वाधारकालागि बिशेष पलह गर्न समेत आग्रह गरेका थिए । वडा कार्यालयले आफना वडामा रहेको ३ सय बढी ज्येष्ठ नागरिकलाई पि फर्म उपलब्ध गराउने जनाएको छ । कार्यक्रम कै बिच साहित्यकार सकुन्ताला पौडेले आफनो कृत्ति हस्तान्तरण गर्दै मन्त्री आचार्यलाई ज्ञापन पत्र समेत दिएकी थिईन । वडा अध्यक्ष प्रकाश गरुेको अध्यक्षता खग प्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा पुर्व प्रदेश राज्य मन्त्री रिना नेपाल युवा नेता प्रकाश घिमिरे, प्रेम लता भट्ट, देवेन्द्र पाण्डेय, केदारनाथ शुक्ला लगायतले मन्तब्य दिएका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.