खेल मैदानमा नमुना रंगशाला बनाउछु – मन्त्री आचार्य

98

कपिलवस्तु कार्तिक ९
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्मा उमाबिका खेल मैदानमा चाडै रंगशाला निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । यो खेल मैदानमा रंगशाला निर्माण गर्ने निर्वाचन अघि आफनो चुनावी ऐजेन्डा रहेको आफुलाई स्मरण रहेको भन्दै उनले बुद्धपदुमा खेल मैदानमा रंगशाला निर्माण गर्न आफु् प्रतिबद्ध रहेको कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका उनले बताए ।

बिइंग फ्रेन्ड क्लवद्धारा बुद्धपदम उमाबिको खेल मैदानमा आयोजित तौलिहवा टी ट्वान्टी क्रिकेट प्रतियोगीताको रिबन काटी ब्याटिङ गर्दै खेलको उदघाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन । खेल मैदानको दुरावस्था प्रति चिन्ता ब्यक्त गर्दै उनले यसलाई आफनो बाकी ४ बर्षे कार्यकालमा बनाउने बताए । ‘ बुद्धपदमको खेल मैदानमा रंगशाला बनाउछु, यो मेरो प्रतिबद्धता पनि हो ’ उनले भने । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बुद्धपदम उमाबिको खेल मैदानमा रंगशाला निर्माण गर्न आफुले पनि पहल गर्ने बताए ।

उनले संघीय, प्रदेश र पालिकाहरुले समेत यो मैदानमा रंगशाला निर्माण गर्न सबैले साथ दिनु पर्ने बताए । यस अघि कपिलवस्तु नगरपालिकाका निबर्तमान मेयर किरण सिंहले आफनो कार्यकालमा रंगशाला निर्माणका लागि बजेट छ्ट्टाएर पहल गर्दा बिद्यालय ब्यवस्थापन समिति र नगरपालिका बिच निर्माणको बिषयमा कुरा नमिल्दा निर्माण कार्य रोकिएर बजेट समेत फ्रिज भएको थियो । तौलिहवा टि ट्वान्टी क्रिकेट प्रतियोगीतामा १२ टोलीले सहभागीता जनाएको क्लवका अध्यक्ष माहोम्द मुस्तफाले बताए । प्रथम हुनेलाई ३० हजार र कप तथा द्धितीय हुनेलाई १५ हजार प्रदान गरिनेछ । खेल असाजे १५ गते सम्म चल्नेछ । उदघाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पुर्व वडाध्यक्ष रामभजन कलवार युवा नेता प्रकाश घिमिरे लागयतको सहभागीता थियो ।

b 4
Leave A Reply

Your email address will not be published.