कपिलवस्तु असोज २५
बिश्व दृष्टि दिवसका अवसरमा ‘ काम गर्दा गर्दै आखालाई माया गरौ ’ भन्ने नारा सहीत कपिलवस्तुको तौलिहवामा सचेतनामुलक र्याली निकालिएको छ । नेपाल नेत्र जयोति संघ र तौलिहवा आखा अस्पतालको आयोजनामा सदरमुकाम तौलिहवामा र्याली निकालिएको हो ।
र्यालीमा कपिलवस्तु नगरपालिका भित्र रहेको आधा दर्जन बिद्यालयका बिद्यार्थी र संघका सदस्य सहीतको टोली सहभागी थिए । बिद्यार्थीहरुले आखा सम्बन्धी बिभिन्न सचेतनामुलक प्ले कार्ड , ब्यानर र आफु पनि सजिएर सहभागी भएका थिए । र्यालीले सदरमुकाम तौलिहवा बजारको परिक्रममा गरी आखा अस्पतालको परिसरमा सभा राखिएको थियो ।
र्यालीमा तिलौराकोट माबि प्रथम, वैस्ट प्वाईन्ट बाडिङ स्कुल द्धितीय र यशोधरा माबि तृतीय भएका थिए । प्रथम, द्धितीय र तृतीय स्थाल हासिल गरका बिद्यालयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद र प्रमाण पत्र पुर्व प्रतिनिधि सभा सदस्य तथा लिडो नेपालका अध्यक्ष अतहर कमालले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले आफनो दृष्टिलाई बचाई राख्न आखाको आफैले ख्याल गर्नु पर्ने बताए । उनले बिभिन्न रोगले आखाको ज्योति गुमेकाहरुलाई अबिलम्ब अस्पतालमा उपचार गराउन आग्रह गरे । आफनो संस्थाले पनि बिपन्नलाई मोतिया बिन्दु र आखाको उपचारका सहयोग गरेको बताए । संघका जिल्ला सभापति मनोज कुमार श्रीवास्तवको अध्यक्षता र खग प्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, संघका पुर्व सभापति रमेश शर्मा, संघका उपाध्यक्ष राम निवास चौधरी, समाजसेबी गुनाखर गैरेले मन्तब्य दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष मनोज पौडेल लगायतको सहभागीता थियो । यस अघि आखा अस्पतालमा रहेको ५० बढी बिरामीहरुलाई फलफुल समेत बितरण गरिएको थियो ।