कपिलवस्त्तु – इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको लागी मैनबत्ती बालेर श्रद्धान्जंली सभा गरिएको छ । सदरमुकाम तौलिहवा जिल्ला प्रशासन अगाडी गरिएको श्रद्धान्जली सभामा एक मिनट मौन धारण गरि मृत्यु भएकाहरुको आत्मा ले चिर शाती पाउन भनी प्रथाना गरिएको थियो । अप्रवासी कामदार हकहित संजाल कपिलवस्तुको आयोजना रहेको यस कार्यक्रम लाई वडा नं १ ले समन्वय गरेको थिए ।
सभा लाइ सम्वोधन गर्दे आतंकवाद कुनै पनि देश लाई राम्रो नहुने यसले सधै राष्ट्रलाई विर्गार्ने प्रमुख अतिथी वडा अध्यक्ष जाहिद खा ले बताएका छन । इजरायलमा भएको आक्रमणमा नेपाली हरु मारिनु नेपालीहरुको लागी दुख को समय रहेको हुदा सकभर शांती कायम होस भनी प्रथना गर्नु पर्ने खाँ ले बताए । यस्तै गरि नेपाल सरकारले त्यहा अलपत्र परेका नेपाली हरु लाई जति सक्दो चाडो नेपाल झिकाउनु पेर्ने संजालका अध्यक्ष मनिश कार्कीले बताए का छन । मृतक परिवारलाई सरकारले दश लाख दिने निणैय स्वागत योग्य रहेको थप अलपत्र नेपालली हरु लाई झिकाउन सरकारले चाडो गर्नु पर्ने कार्कीले जोड दिनु भयो । कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, समाजसेवी रऊफ अहमद खाँ लगायतको सहभागिता रहेको थियो