माओवादी पार्टीमा प्रवेश गर्नेको लहर, विभिन्न पार्टीको प्रदेश देखि जिल्ला सदस्य हरु पार्टी प्रवेश

183

कपिलवस्तु, । रुपान्तरण अभियान माओवादी केन्द्रको ३ महिना अभियान अन्र्तगत अहिले माओवादी पार्टी मा विभिन्न पार्टी परित्याग गरी माओवादी पार्टीमा प्रवेश गर्नेको लहर आएको छ । कपिलवस्तु जिल्लाको तौलिहवामा पार्टी प्रवेश, स्वागत तथा सम्मान कार्यक्रममा ७ सय जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक विण्णु बेलवासेले जानकारी दिएका छन । यसरी पार्टीमा प्रवेश गर्नेहरुमा नेकपा एमालेका प्रदेश सदस्य गोविन्द उपाध्याय, जिल्ला सदस्य दयानन्द त्रिपाठी, नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष नगेन्द्र सिंह, जसपा जिल्ला सदस्य जितेन्द्र पुरी लगायतका कार्यकर्ताहरू प्रवेश गरेकोे बेलवासे ले बताए ।

यसरी नया पार्टी प्रवेश गर्नेहरु लाई जनता सँग माओवादी केन्द्रका लागि लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य, कपिलवस्तु इन्चार्ज महेश्वर जंग गहतराज, नेता सुर्दशन बराल लगायतले टीका खादा लगाएर स्वागत गरेका थिए । अहिले माओवादीको रुपान्तर अन्र्तगत पार्टी प्रवेश गर्ने हरू लुम्बिनी प्रदेश सदस्य देखि जिल्लाका इन्चार्ज तथा नगरका सम्पूर्ण कमिटी सहितको सिंगो टिम नै रहेको जिल्ला सचिव हजरत अलिले जानकारी दिए । प्रवेश गर्नेहरू जिल्लाको मायादेवी गाउपालिका, शुद्धोधन गाउँपालिका, कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिका, कृष्ण नगर नगरपालिका, शिवराज नगरपालिकाको रहेको अलिले बताएका छन ।

Leave A Reply

Your email address will not be published.