कपिलवस्तु २१ असोज
खुला संग्रहालयकारुपमा परिचित प्राचिन कपिलवस्तुको पहिचान तथा पर्यटन प्रबद्र्धनकालागि कपिलवस्तुको तौलिहवामा ७ दिने स्थानीय पर्यटक पथ प्रर्दशक तालिमको आईतावार सुरुवात गरिएको छ । नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिस्ठान ( नाथम ) को प्राबिधिक सहयोग र सहजीकरण, लोटस सुत्र र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को आयोजनामा तालिमको सुभारम्भ गरिएको हो । सो अवसरमा बरिष्ठ पुरात्वबिद, लुम्बिनी बिश्वबिद्यालयका प्राध्यापक बसन्त बिडारीले खुला संग्रहालयकारुपमा रहेको कपिलवस्तुको पर्यटन विकास र प्रबद्र्धनकालागि तालिमले मद्दत गर्ने बताए । उनले कपिलवस्तु घुम्न आउने पर्यटकलाई यहा रहेका ऐतिहासिक र पर्यटकीय स्थलको जानकारी दिनकालागि पथ प्रर्दशकले सहीढंगलको काम गर्नु पर्ने बताए । ‘ पथ प्रर्दशकको जिम्मेवारी र काम धेरै छन, यसमा नाम र दाम दुबै छन, तर सहीढंगले काम गर्नु पर्छ ’ उनले भने । सो अवसरमा पुरातत्व बिभागका प्रवक्ता तथा प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले तिलौराकोटलाई बिश्व संपदा सुचीमा नामांकनकालागि प्रकृया अघि बढाइरहेको बेला पथ प्रर्दशक तालिमले यसको प्रचारप्रसारमा मद्दत मिल्ने बताए । उनले पथ प्रर्दशकको तालिम लिएकारुले आफनो कार्यक्षेत्रमा सहीरुपमा काम गर्नु पर्ने बताए ।
लोटस सुत्रका अध्यक्ष राम अचल यादवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, लुम्बिनी विकास कोषका गोपीकृष्ण शर्मा, मायादेबी गाउपालिकाका सामाजिक विकास अधिकृत बैतुल्लाह धुनिया, कोषका माधव आचार्य नाथमका प्रतिनिधिहरु लगायले शुभकामना मन्तब्य दिएका थिए । तालिममा २९ जना प्रशिक्षार्थी सहभागी छन । कपिलवस्तुमा १ सय ३६ वटा ऐतिहासिक स्थलहरु छन । बृहद लुम्बिनी बौद्ध परिपथ क्षेत्र भित्रका महत्वपुर्ण पुरातात्विक तथा सांस्कृतिक सम्पदास्लको पर्यटकीय प्रबद्र्धनकालागि यो कार्यक्रम गरिएको नाथमले जनाएको छ ।