समयमाई बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

109

कपिलवस्तु २० असोज
कपिलवस्तुको तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी संस्थामा पुनः मधुसुदन श्रेष्ठ अध्यक्षमा सर्वसम्मतरुपमा चयन भएका छन । तौलिहवामा भएको १५ औ बार्षिक साधारण सभा तथा ७ औ अधिबेशनबाट श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा चयन गरिएको हो । स्थापनाकाल देखि हाल सम्म श्रेष्ठ ७ औ पटक अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षमा जर्नादन पराजुली सचिवमा गोपीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ तथा सदस्यहरुमा बिश्वराज पाण्डेय, उमा सिंह कार्की र शान्तिदेबी रुपाखती रहेका छन । कमलराज पन्थीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा नबिन बहादुर श्रेष्ठ र गंगाधर आचार्य रहेका छन । यस अघि उदघाटन सत्र अध्यक्ष श्रेष्ठको अध्यक्षता, डाक्टर सुशील कुमार श्रीवास्तवको प्रमुख आतिथ्यता र बिश्वराज पाण्डेयको संचालनमा भएको थियो । सभामा सचिव गोपीकृष्ण श्रेष्ठले प्रगति, कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठले आर्थिक र आगामी बर्षको कार्य योजना बारे अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको थिए । सभामा अशल निक्षेपकर्ताहरु भोला बहादुर सिंह र प्रमिला तेली तथा असल कर्जाग्राही रमा दवाडीलाई सम्मानित गरिएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.