कपिलवस्तु १९ असोज
कालिका स्वाबलम्बन सामाजिक केन्द्रको २९ औ साधारण सभा तौलिहवामा संपन्न गरिएको छ । सूरुमा कालिका स्पोटर्स क्लवका रुपमा रही २०३७ सालमा स्थापना भएको केन्द्रको साधारण सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले यो सस्थाले गरेको प्रगति सुन्दा आफुलाई गर्व लाग्ने गरेको बताए । आफु पनि केन्द्रको स्थापनाकालको सदस्य रहेको स्मरण गर्दै उनले कालिकामाईको नामबाट कालिका संस्थाको नामाकरण गरिएको समेत बताए । उनले यो संस्थाको पहुच ग्रामीण भेगका बिपन्न समुदाय सम्म पुग्नु पर्ने े बताए । उनले ७ कठ्ठा बढी जग्गा रहेको केन्द्रले सभा हल बनाउन पहल गर्नु पर्ने त्यसमा आफुले समेत प्रदेशबाट बजेट बिनियोजन गराउने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सस्थाले गर्ने गतिबिधिमा आफुलाई जहा बलाईएए त्यही आउन तयार रहेको बताए । उनले सस्थाले बिपन्न समुदायसंग जोडिएर काम गरेकोमा खुशी ब्यक्त गर्दै खुला दिशामुक्त जिल्ला भए पनि अझै पुर्ण कार्यान्वय नभएको बताए । उनले खुला दिशामुक्त अभियानलाई सार्थकता बनाउन केन्द्रले समेत सहकार्य गर्नु पर्ने बताए । कायक्रममा कपिलवस्तु नगरपालिकाल वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले वडा र नगरसंग समेत सवन्वय गरी काम गर्न आग्रह गरे । सो अवसरमा संस्थाकी सचिव शान्ता पौडलले प्रगति र कोषाध्यक्ष मंजीत सिंहले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंधका केन्द्रिय सदस्य संजय लम्साल, गैससका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, केन्द्रका पुर्व कोषाध्यक्ष बावुराम भन्डारी, अमिना खातुन केन्द्रका सन्तराम अग्रहरीले मन्तब्य दिएका थिए ।
Prev Post