कुलोमा डुबेर एक पुरुषको मृत्यु

134

कपिलवस्तु १४ असोज
बुद्धभूमी नगरपालिका–१ वीरपुरमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय हरि बहादुर थापाको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको हो । छारे रोगबाट ग्रसित थापा शनिवार कुलोमा डुबेको र स्थानीयले देखे पछि प्रहरीलाई खबर गरको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टम पछि आफन्तलाई बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.