३३ औ अन्र्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा ४० जेष्ठ नागरिकलाइ सम्मान

112

कपिलवस्तु १४ असोज
३३ औ अन्र्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले ४० जेष्ठ नागरिकलाई सम्मानित गरेको छ । ‘ सबै पुस्ताकालागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिश्वब्यापी घोषणा गरिएको बाचा पुरा गरौ ’ भन्ने नाराकासाथ नगरपालिका– २ हमुमान चोकमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरी उनीहरुलाई नगद सहीत सम्मानित गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले पालिका भित्रका १० वटै वडाका जेष्ठ नागरिकहरुलाई दोसल्ला, नगद र टीका लगाउदै सम्मानित गरेका हुन । कार्यक्रमा मेयर श्रेष्ठले जेष्ठ नागरिक जीउदो ईतिहास रहेकोले उनीहरुको सम्मान गर्नु सबैको दायित्व रहेको बताए । ‘ जेष्ठ नागरिकले पनि सम्मानपुर्वक बाच्न पाउनु पर्छ, उनीहरुलाई घर परिवार, समाज देशले नै सम्मान गर्नु पर्छ ’ उनले भने । आफनो पालिकाले हरेक बर्ष जेष्ठ नागरिकहरुलाई कार्यक्रम राखेर सम्मान गर्दै आएको बताए । नगरपालिकाले सम्मानित गरेकोमा जेष्ठ नागरिकहरु हर्षित बनेका थिए ।

कार्यक्रममा वडा नम्बर २ की ललिता पाखे्रल र वडा नम्बर ६ का अन्शुमनअली तेलीले आफुहरुलाई राज्यले स्वास्थ्य उपचार लगायतको सेवामा बिशेष ब्यवस्था गर्नु पर्ने बताए । उनीहरुले जेष्ठ नागरिकहरुलाई राज्यका तीनै तहका सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताए । सो अवसरमा प्रमुश प्रशासकीय अधिकृत धु्रब नेपालले पालिकाले जेष्ठ नागरिकलाई प्राथमितामा राखेको बताए । मेयर श्रेष्ठको अध्यक्षता, नविन खनालको संचालनमा भएको कार्यक्रममा उप मेयर मीरा थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए । प्रत्येक वडाबाट वडा कार्यालयले ४ जनाको सिफारिस गरे अनुसार नामावली छनौट गरिएको नगरपालिका महिला ताथ बालबालिका शाखाकी सिता घिमिरेले बताईन ।

b 4
Leave A Reply

Your email address will not be published.