जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रक्तचन्दन सहित पक्राउ ८ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु तर्फ आउदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक लाई बुद्धभूमी न.पा.१ पत्थरकोट स्थित प्रहरी कार्यालयमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन रातो काठ ६१६ किलो ९७० ग्राम र ट्रक संगै आई रहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो १५० ग्राम रक्त चन्दन बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक नवरत्न पौडेल जानकारी दिएका छन । उत्त रक्तचन्दन १ करोेड ६३ लाख बराबरको मुल्य रहेको जानकारी गराएका छन । रक्तचन्दन सहित प्रकाउ परेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिई मानिस,सवारी साधन उक्त काठ सहित आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको पौडेलले जानकारी दिएका छन ।