कपिलवस्तु १४ असोज
दलित र महिला सशक्तिकरणकामा काम गर्दै आएको दलित सामाजिक विकास केन्द्र डंगरी कपिलवस्तुको अध्यक्षमा सुरजमति पासी चयन भएकी छिन । कपिलवस्तुको तौलिहवामा संपन्न १९ औँ साधारण सभा तथा विशेष अधिवेशनबाट सुरजमति पासीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मतरुपमा चयन गरिएको हो । संस्थाका निबर्तमान अध्यक्ष संजय कुमार कोरीले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेपछि नवनिर्वाचित अध्यक्ष पासी कार्यवाहक अध्यक्षका रुपमा काम गर्दै आएकी थिईन । केन्द्रको उपाध्यक्षमा विश्राम कोरी, सचिवमा रिखीराम हरिजन, सहसचिवमा कुसुम कोरी र कोषाध्यक्षमा निलम पासी रहेका छन । यस्तै सदस्यहरूमा अनिता श्रीमाल, राजेन्द्र पासी, रोहित लाल कोरी र पुजन पासी चयन भएको निर्बाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए । कार्यक्रमको उदघाटन सत्रमा संस्थाले संस्थाका कार्यकारी निर्देशक रामशरण रैदास, सलानी कहार, निवर रंदास, राजकुमार हरिजन, ईन्द्रेश प्रसाद चौधरी, परमेश सिंह चौधरी, निर्मला सिंह रमेश प्रसाद कुर्मीलाई दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरिएको थियो । संस्थाको प्रगति प्रतिबेदन कार्यकारी निर्देशक रामशरण रैदास र आर्थिक प्रतिबेदन लेखापाल शैलेन्द्र श्रीमालले प्रस्तुत गरको थिए । सो अवसरमा यशोधरा गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकालले महिला, दलित लागतयको क्षेत्रमा संस्थाले राम्रो काम गरेको बताए । उनले पालिकासंग समन्वय गरी काम अघि बढाउन आग्रह गरे ।सुर्जमति पासीको अध्यक्षता, बिश्राम कोरीको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचाय, गैर सरकारी स.स्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, निलम पासी लगायतले शुभकामना मन्तब्य दिएका थिए । केन्द्रले जिल्लाका जिल्लाको यशोधरा र मायादेबी गाउपालिका र कपिलवस्तु नगरपालिकामा जीविकोपार्जन, वातावरण संरक्षण, महिला सशक्तिकरण, कृषि तथा पशुपालन र दलित समाज उत्थानको क्षेत्रमा काम गर्दे आएको छ ।