दलित सामाजिक बिकास केन्दको सामाजिक परिक्षण

111

कपिलवस्तु ९ असोज
दलित सामाजिक बिकास केन्दको सामाजिक परिक्षण कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा दक्षिणका मधेसी समुदायका महिलामा संस्थाका कार्यक्रमले सशक्तिकरण आएको देखिएको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचायले बताए । परियोजनाका कारण समुहमा सकारात्मक परिर्वतन आएको कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले बताए । संस्थाले सञ्चालन गरेका कार्यक्रमको प्रभावकारीता देखिएको र समुदायको सामाजिक अवस्थामा सुधार आएको यशोधरा गाउँपालिका सामाजिक बिकास अधिकृत कृष्णनाथ पाण्डेय र कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले बताए । वडा सँगको सहकार्यले कार्यक्रमको प्रभावकारीता बृद्धि भएको यशोधरा गाउँपालिकाका वडा अध्यक्षहरु अब्दुल कयुम र सरतिा तिवारीले बताए । सामाजिक परिक्षणमा केन्द्रले सञ्चालन गरेको ५ वटा परियोजनाको प्रगती बारे जानकारी गराईएको थियो । जिवन सुधार परियोजनाका अधिकृत रमशे कुर्मी, हाम्रो पहुँच परियोजनाका वरिष्ठ परियोजना अधिकृत गोबिन्द धवल, हाम्रो शक्ति परियोजनाकी संयोजक अमिता गौड्, मानसिक स्वास्थ्य परियोजनाकी संयोजक निर्मला सिंह र रेड÷एमआरआई परियोजनाका संयोजक जित नारायण यादवले परियोजनाको उपलब्धी, अवसर, चुनौती र सफल अभ्यास बारे जानकारी दिएका थिए । परियोजनाका बिभिन्न कार्यक्रमबाट सक्रिय समुहका लागि अनुदानको व्यवस्था केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदासले बताए । जिल्लाका बिभिन्न पालिकामा गठन भएका महिला नेतृत्वका समुहको नविकरण लगायतका कार्यलाई सरलीकृत बनाईदिन समुहका अगुवाले माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.