कपिलवस्तु २७ भदौ
सामुदायिक सेवा केन्द्र तौलिहवाले हालै कपिलवस्तुमा सरुवा भई कार्यभार सम्हानु भएका प्रहरी उपरिक्षक नवरत्न पौडेल र प्रहरी नायब उपरिक्षक गगा बहादुर थापालाई स्वागत गरेको छ । तालेश्वनाथ महादेव मन्दिरको परिसरमा आयोजित कार्यक्रममा केन्द्र अध्यक्ष देबी प्रसाद बर्माले दुबै जनालाई खादा र टीका लगा स्वागत गरेका हुन । सो अवसरमा प्रहरी उपरिक्षक पौडेलले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न समन्वय र सहकार्य गरी अघि बढनु पर्ने बताए । उनले प्रहरी र समुदाय मिलेर काम गर्नु पर्ने बताए । सो अवसरमा अध्यक्ष बर्माले बिगतमा जस्तै प्रहरी र समुदाय मिलेर नागरिकहरुको सेवा गर्नु पर्ने बताए । कार्यक्रम केन्द्रका अध्यक्ष बर्माको अध्यक्षता र परमात्मा मिश्राको संचालनमा भएको थियो ।