कपिलवस्तु
कपिलवस्तु जिल्ला प्रहरी कार्यलयमा हालै सरुवा भई आएका प्रहरी उपरिक्षक नवरत्न पौडेलले अपराधी गतिविधी तथा जनताका शान्ति सुरक्षामा कुनै सम्झौता नगरीने बताएका छन । जिल्ला प्रहरी कार्यलय तौलिहवामा गरिएको पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताए हुन । उनले आफ्नो दायित्व मर्यादामा रहेर शान्ति सुरक्षा कायम राख्ने दावी गरेका छन । उनले पत्रकारहरुको सुरक्षामा आफुहरु संबेदनशील रहेको भन्दै पत्रकारहरुसंग सहकार्य र समन्वय गरेर अघि बढने बताए । पत्रकार र प्रहरीको काम जनता र नागरिककालागि रहेका भन्दै उनले प्रहरी वर्दीै लगाएको नागरक र पत्रकार सादा पोशाकको नागरिक रहेको बताए । उनले प्रहरीले पत्रकारलाई चाडो भन्दा चाडो सुचना दिन तयार रहेको तर घटना बारे प्रहरीसंग भेरिफाई गरेर मात्र सुचना संप्रशेषण गर्न आग्रह गरे । उनले लागु औषध तस्करी नियन्त्रण सिमा अपराध लगायतका सवालमा आफनो ध्यान केन्द्रित रहने बताए । उनले भारतबाट धार्मिक यात्राका लागि आउने पर्यटकलाई दुःख दिने काम नगरिने बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले नागरिकको शान्ति सुरक्षा, तस्कारी र लागु औषध नियन्त्रण, सिमा अपराधमा प्रहरीले बिशेष ध्यान दिनु पर्ने बताए ।
उनले संचारकर्मीलाई समय मै सु्चना दिने र पत्रकारको सुरक्षामा प्रहरीले ख्याल गर्नु पर्ने बताए । उनले प्रहरीले गर्ने सकारात्मक काममा पत्रकारको साथ रहेने बताए । सो अवसरमा पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष डिलाराम भुसालले प्रहरी र पत्रकारहरु सवन्वय गरेर अघि बढनु पर्ने बताए । कार्यक्रममा प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापा, जिल्लाका ढेड दर्जन बढी पत्रकार लागतयको सहभागीता थियो ।