आत्महत्या न्युनीकरणकालागि बिद्यालय र समुदायस्तरमा सचेतनामुलक अभियान चलाउनु पर्ने ’

107

कपिलवस्तु २४ भदौ
भयावह बन्दै गएको आत्महत्या न्युनीकरणकालागि कपिलवस्तुका बिद्यालय र समुदायस्तरमा सचेतनामुलक अभियान चलाउनु पर्नेमा जोड दिइएको छ । ‘ आशा जगाऔ, जीवन बचाऔ ’ भन्ने नाराका साथ तौहिलवामा बिश्व आत्महत्या दिवसमा सशक्त युवा महिला संजाल लगायत आधा दर्जन संस्थाको आयोजनामा तौलिहवामा राखिएको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरामा जोड दिएका हुन । कपिलवस्तु अस्पतालका मेडिकल सुप्रीटेन्डन्ट बिपिन जैसवालले आत्महत्या परिणामा भएको र कुनै कारणले गर्ने गरिएको बताए । उनले आत्महत्या न्युनीकरणकालागि बिद्यालय र समुदायमा सेचनामुलक कार्यक्रम गर्नु पर्ने बताए । आत्महत्या जन स्वास्थ्यको ठुलो सवाल बनेर खडा भएको बताए । बिद्यार्थी र समाजले मान्ने र बिश्वास गर्ने शिक्षकहरुले यो अभियानको अगुवाई गर्नु पर्ने उनले बताए । मनोबिमर्शकर्ता शान्ति पंडीतले मानसिक स्वास्थ्यालई सरकारले बेवास्ता गर्दा आत्महत्या न्युनीकरण हुन नसकेको बताईन । आत्महत्याको ९० प्रतिशत बढी कारण मानसिक अवस्था रहेको भन्दै यसको सुधारकालागि तीनै तहको सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने बताईन । उनले आत्महत्याका घटनामा संचारकर्मी सचेत भई सुचना प्रसारण गर्नु पर्ने बताईन । कार्यक्रममा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले आत्महत्या बिरुद्ध एकीकृतरुपमा सबै सरोकारवालाहरु लाग्नु पर्ने बताए । आत्महत्या न्युनीकरणकालागि सबैले पहल गर्नु पर्ने र परिवार, समाज पनि जागरुक हुुन पर्ने बताए । जिल्ला न्याधिवर्ता प्रकाश मरासिनीले आत्महत्याको बिभिन्न पाटो रहेकोले भन्दै कसैले आत्महत्या गर्न बाध्य गराए त्यस बिरुद्ध समेत कानुनी ब्यवस्था रहेको बताए । युएमएनकी ललीता चौधरीले आत्महत्या स्वास्थ्य समास्या मात्र होईन यो समाजिक सवालकारुपमा खडा भएको बताईन । बिश्वमा बार्षिक ७ लाख ३ हजार जनाले आत्महत्याका कारण ज्यान गुमाएको र त्यस मध्ये ९० प्रतिशत मानसिक स्वास्थ्यले गर्दा रहेको अध्ययनले देखाएको बताईन ।

नेपालका गत आर्थिक बर्ष ६ हजार ९९३ जनाले आत्महत्याका कारण ज्यान गुमाएको त्यस मध्ये १५ देखि ४९ बर्ष उमेर समुहका अधिक रहेका छन । लुम्बिनी प्रदेशमा गत आर्थिक बर्ष १ हजार २७५ जनाले आत्महत्या गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भरत शाहीले कपिलवस्तुमा गत आर्थिक बर्ष १ सय ४३ वटा आत्महत्या सम्बन्धी मुद्दा दर्ता भएको र १५ देखि २५ बाषर्् उमेर समुहका बढी रहेको उनले बिवरण प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख आचार्यको अध्यक्षता, सुशमा आचार्यको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस लुम्बिनी प्रदेशकी अध्यक्ष सुशीला बेल्बासे, स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जन, अधिकारकर्मी पुस्पा रेग्मी पार्वती आचार्य शिक्षक भेसराज भुसाल, संगीता चौरसिया लगायतले आत्महत्या न्युनीकरणकालागि पालिकाहरुले सचेतनाका कार्यक्रम लैजानु पर्नेमा जोड दिएका थिए । कार्यक्रमा प्रजिअ शंकरहरि आचार्य र प्रहरी उपरिक्षक नवरत्न पौडेलको समेत सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.