भोली बाट आईफोन १५ सिरिज सार्वजनिक हुँदै, के के होलान् फिचर…….

96

काठमाडौं । आउँदो मंगलबार अर्थात् भदौ २६ मा एप्पल इभेन्ट हुँदैछ । नेपाली समय अनुसार मंगलबार राति १०ः४५ देखि कार्यक्रम प्रसारण हुनेछ । याे इभेन्ट एप्पल टीभी, कम्पनीको वेबसाइट तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टकाे मुख्य आकर्षण आईफोन १५ सिरिज हुनेछ । अघिल्लाे वर्ष सार्वजनिक भएकाे आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए । आईफोन १५ का माेडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएकाे विभिन्न रिपाेर्टहरूले उल्लेख गरेका छन् ।

कम्पनीले आगामी आईफोनहरूका लागि कुनै पनि फिचर औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर बाहिरिएका रिपोर्ट अनुसार मंगलवारको इभेन्टमा कम्तिमा पनि चार मोडेलको घोषणा गरिनेछ ।

आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स (सम्भवतः यो डिभाइसको नाम आईफोन १५ अल्ट्रा हुनसक्छ) सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

आईफोन १५ को बेस भेरियन्टमा ए१६ बायोनिक चिप हुनेछ भने प्रो मोडेलमा ए१७ बायोनिक चिप हुने जानकारी बाहिरिएको छ । आईफोन १५ मा हुने यूएसबी टाइप-सी पोर्टलाई सबैभन्दा आकर्षक र बढी खोजिएको फिचरका रूपमा हेरिएको छ । विभिन्न लिकरका अनुसार आईफोन १५ का सबै मोडेलमा टाइप-सी पोर्ट समावेश हुनेछ । 

आईफोन १५ का मोडेल 

b 4

एप्पलले हरेक वर्ष एउटा लाइनअप अन्तर्गत चार मोडेल सार्वजनिक गर्दै आएको छ । यो वर्ष पनि कम्पनीले चार ओटा मोडेल सार्वजनिक गर्ने अनुमान छ । 

आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल उपलब्ध हुनेछन् । केही लिकरले प्रो म्याक्सको सट्टामा अल्ट्रा मोडेल हुने दाबी पनि गरेका छन् । 

आईफोन १५ को डिजाइन

विभिन्न सूचना र लिकरहरूले सार्वजनिक गरेको जानकारी अनुसार आईफोन १५ को डिजाइनमा त्यति धेरै परिवर्तन गरिएको छैन । आईफाेन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आइल्यान्ड फिचर आईफोन १५ का सबै लाइनअपमा हुनेछ ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्सलाई विशेष बनाउन एप्पलले टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल राख्न लागेको लिकरले उल्लेख गरेका छन् । त्यस्तै कस्टमाइज गर्न मिल्ने एक्सन बटनहरू हुनेछन् । अन्य मोडेलभन्दा यी दुई मोडेलको बेजल पातलाे हुने बताइएको छ । 

आईफोन १५ को कलर 

आईफोन १५ र आईफोन १५ प्लस एउटै कलरमा उपलब्ध हुनेछन् । विशेषगरी मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क कलरमा उपलब्ध हुनेछ ।

आईफोन १५ प्रो र प्रो म्याक्स मोडेल भने टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा उपलब्ध हुने बताइएको छ ।

आईफोन १५ प्रोसेसर

dengu 3 1

एप्पलले हरेक नयाँ मोडेल सार्वजनिक गरेसँगै नयाँ प्रोसेसर उपलब्ध गराउने गर्छ । गत वर्ष आईफोन १४ प्रो र प्रो म्याक्समा दिइएको ए१६ बायोनिक चिपसेट अब आईफोन १५ र आईफोन १५ प्लस उपलब्ध हुनेछ ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्समा भने एप्पलको नयाँ प्रोसेसर ए१७ बायोनिक चिप रहनेछ ।

आईफोन १५ र्‍याम तथा स्टोरेज

आईफोन १५ मा एप्पलले उपलब्ध गराउने उच्चतम र्‍याम ६ जीबी हो । तर, यस पटक प्राे माेडेलहरूमा ८ जीबी र्‍याम उपलब्ध गराउने चर्चा छ ।

इन्टर्नल स्टोरेजको सन्दर्भमा यो वर्ष एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

आईफोन १५ र १५ प्लस भने १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । 

आईफोन १५ को क्यामेरा 

क्यामेराको सन्दर्भमा आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स हुनेछ । आईफोन १५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ ।

आईफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ९०३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स रहनेछ ।

यी सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुने लिकरले उल्लेख गरेका छन् ।​ 


आईफोन १५ ब्याट्री र चार्जिङ

यसो त एप्पलले ब्याट्री क्षमताको बारेमा त्यति जानकारी दिँदैन । तर, लिकरहरूले विभिन्न स्रोतबाट नयाँ मोडेलमा हुने ब्याट्री क्षमता लिक गरिरहेका हुन्छन् । उनीहरूका अनुसार आईफोन १५ मा ३८७७ एमएएच क्षमताको ब्याट्री हुनेछ भने १५ प्लसमा ४९१२ एमएएच क्षमताको ब्याट्री हुनेछ । 

आईफोन १५ प्रोमा ३६५० एमएएच र आईफोन १५ प्रो म्याक्समा ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ । यी दुई मोडेलमा मात्र यूएसबी-सी पोर्ट उपलब्ध हुने सम्भावना छ । 

आईफोन १५ को मूल्य 

आईफोन १५ लाइनअपको मूल्य अघिल्ला मोडेलहरूको तुलनामा केही बढी हुने चर्चा छ । लिक गर्ने विभिन्न स्रोतलाई आधार मान्ने हो भने आईफोन १५ को मूल्य ७९९ डलर, आईफोन १५ प्लसको मूल्य ८९९ डलर, आईफोन १५ प्रोको मूल्य ९९९ डलर र आईफोन १५ प्रो म्याक्सको मूल्य ११९९ डलरबाट सुरु हुने छ ।(सभार टेकपाना अनलाइन)

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.